देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कार्कीलाई राष्ट्रिय अभिनन्दन

देशान्तर

काठमाडौँ । चलचित्रकर्मी लगायत बहुआयामिक व्यक्तित्वका धनी चेतन कार्कीलाई मंगलवार ललितपुरमा राष्ट्रिय अभिनन्दन गरिएको छ । शुभारम्भ द म्युजिकल जर्नीले आयोजना गरेको राष्ट्रिय अभिनन्दन समारोहमा १६ संस्थासमेतले उनको अभिनन्दन गरेका थिए । अभिनन्दनका साथ उनलाई ताम्रापत्र र रु तीन लाख प्रदान गरियो ।

चलचित्र, सङ्गीत तथा कविता, गीत, गजल, मुक्तक उपन्यास लगायत भाषा–साहित्यका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै संस्कृतिकर्मी कार्कीलाई राष्ट्रिय अभिनन्दन गरिएको सम्मान समितिका संयोजक साहित्यकार प्रकाश सायमीले जानकारी दिए।

कार्कीले नेपाली भाषामा उपन्यास, लघु उपन्यास, गीत, कविता, गजलसहित साहित्यका विभिन्न विधामा १० भन्दा धेरै पुस्तक लेखीसकेका छन् । उनासीवर्षीय कार्की शिक्षक, सरकारी कर्मचारी, गीतकार, चलचित्रका संवाद लेखक हुँदै निर्देशकसम्म बनिसकेको छ । ‘विश्वास’, ‘भुमरी’ र ‘पहिलो प्रेम’ जस्ता चलचित्रमा उनको निर्देशनका साथै संवाद, पटकथा र गीत पनि छन् । यस्तै उनले टेलिभिजन शृङ्खला ‘मनको आँखा’ पनि निर्देशन गरेको छ ।

विसं २०१७ देखि नै रङ्गमञ्चमा प्रवेश गरेका उनले ‘मनको बाँध’, ‘सिन्दुर’, ‘जीवन रेखा’सहितका चलचित्रमा संवाद लेखेको छ । विसं २०२२ मा चलचित्र ‘विश्वास’बाट निर्देशन सुरु गुर्नभएका उनले सयौँ गीत पनि लेख्नुभएको छ ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले राष्ट्रको उन्नति र विकासका लागि संस्कृतिकर्मीको ठूलो भूमिका रहे पनि सरकारले त्यप्रति चासो नदेखाएकोमा चिन्ता व्यक्त गर्दै विद्यालयस्तरको पाठ्यक्रममा नै सङ्गीत समावेश गरी अध्ययनअध्यापन गर्नुपर्नेमा जोड दिए । अभिनन्दनपछि कार्कीले आफ्ना रचना वाचन गरेका थिए ।