देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पारिजात केन्द्रद्वारा सम्मान घोषणा

देशान्तर

काठमाडौँ । पारिजात स्मृति केन्द्रले वर्ष २०७३ का विभिन्न सम्मानबाट पुरस्कृत हुने प्रतिभाहरुको नाम घोषणा गरेको छ ।

‘शिरिषको फूल’ जस्ता लोकप्रिय उपन्यासका स्रष्टा पारिजातको २४ आँैं स्मृति दिवसका अवसर पारेर सो केन्द्रले ती सम्मान घोषणा गरेको हो । केन्द्रका सदस्य सचिव स्नेह साय्मिकाअनुसार ‘पारिजात सिर्जन सम्मान’ समालोचक हेमनाथ पौडेललाई, ‘पारिजात बालसाहित्य सम्मान’ बालसाहित्यकार विजय चालिसेलाई र ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ महिला नेत्री शशी श्रेष्ठ र ‘पारिजात कला सम्मान’ जनवादी गीतकार श्याम तमोटलाई गरिने निर्णय भएको छ ।

सबै सम्मानमा रु १५ हजार राशिको पुरस्कार पनि छ । ती सम्मान यही वैशाखको अन्तिम सातामा दिइने कार्यक्रम छ ।स्मृति दिवसका अवसरमा मंगलवार केन्द्रको म्हैपीस्थित कार्यालय परिसरमा रहेको पारिजातकोे प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरिएको थियो ।