देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशान्तर

बेजिङ । मित्रराष्ट्र चीनमा घरजग्गा, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, यातायात र सञ्चारजस्ता दैनिक जनसरोकारका क्षेत्रमा मूल्यवृद्धि भएको छ ।
विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बोकेको चीनमा गत महिना दैनिक जनजीवनसँग गाँसिएको उल्लिखित क्षेत्रको उत्पादक मूल्य सूची दरमा वृद्धि भइ सात दशमलव छ प्रतिशत पुगेको हो ।

चीनियाँ तथ्याङ्क विभागले शून्य दशमलव आठ प्रतिशतका दरले मूल्यसूची वृद्धि हुने पूर्वानुमान गरे पनि गत महिना मूल्य वृद्धि दर शून्य दशमलव नौ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

चीनियाँ पक्षले यस किसिमको मूल्यवृद्धि चक्र कति लामोसम्म जारी रहने हो भन्ने चिन्ता व्यक्त गरेको छ ।