देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जीवनरामलाई अव एमालेले पनि नबोक्ने

देशान्तर

काठमाडौं । पार्टीको नाम बेचेर ब्यक्तिगत लाभ लिन सफल भइरहेका गैर कानुनी रुपमा गतिविधि गर्नमा ब्यस्त जीवनराम श्रेष्ठलाई यतीबेला नेकपा एमालेको खेलकुद विभागले पनि साथ र सहयोग नगर्ने घोषणा गरेको छ । पार्टीको यो आधिकारिक घोषणा पछि जीवनराम श्रेष्ठ समुह नेताहरुको दैलोमा पुगेर फेरि एक पटक संरक्षणको गुहार माग्नमा ब्यस्त देखिएका छन् । एकातिर स्थानिय निर्वाचनको चर्चा चलिरहेको बेला टिकटका लागी दावी गरेर हिड्नु पर्ने ब्यक्ति ओलम्पिक कमिटिमा गरेका गलत हर्कतका कारण कुनै पनि बेला जेल जान सक्ने अवस्थामा आइपुगेपछि जीवनराम श्रेष्ठको निद हराम भएको छ ।

जीवनराम श्रेष्ठको दैनिकी अहिले जसरी र जे गरेर भएपनि जोगिन खोज्नेमा केन्द्रित छ । तर कुनै पनि रुपमा उनी जोगिन सक्ने अवस्था छैन । आफुलाई कांग्रेस भनेर दावी गर्नेहरुको केही जत्थाले समेत उनीहरुलाई जोगाउन नसकेपछि जीवनराम श्रेष्ठ अहिले उनीहरुलाई नै गाली गर्दै हिड्न थालेका छन् । प्राप्त जानकारी अनुसार जीवनराम श्रेष्ठलाई जोगाउने ठेक्का लिएका समिम मिया अन्सारीले पनि बार्गेनिङ गरेर केही सय डलर र विदेश भ्रमणका केही अवसर लिएका छन् ।

तर त्यती गर्दा पनि जीवनराम श्रेष्ठको समुह ओलम्पिक भवनबाट बाहिरिनु परेपछि यती बेला अन्सारी विरुद्ध पनि श्रेष्ठ समुह आक्रामक बनेको छ । आफुलाई भारतिय दुतावासको निकट ब्यक्ति भनेर सवत्र परिचय गराउदै हिड्ने गरेका अन्सारी पटक पटक विभिन्न तस्करीको अभियोग लागिसकेका ब्यक्ति हुन् । ग्वाङजाउ एशियाडका बेला पनि अन्सारीले नेपाली खेलाडी र खेल अधिकारी मार्फत ठुलो मात्रामा सामानको तस्करी गरेका थिए । उनले लाखौको सामान विना भन्सार नेपाल भित्राएका थिए त्यतीबेला । यस्तै कर्ममा ब्यस्त रहेका अन्सारी अहिले जीवनराम श्रेष्ठ र सुन तस्करीको आरोप खेपिरहेका लामा टेण्डी शेर्पाका निकटष्त भएका छन् । यसबाट पनि नेपाली खेल क्षेत्र उनीहरुले के गर्नका लागी प्रयोग गरिरहेका छन् भन्ने पुष्टि हुन्छ ।

जीवनराम श्रेष्ठका यस्तै हर्कतका कारण एमालेका नेता तथा कार्यकर्ता पनि आजित भइसकको छन् । सर्वोच्च अदालतको आदेश पालना नभएको विषयमा नेकपा एमालेको खेलकुद विभागले पनि चासो देखाएको छ । एमालेको खेलकुद विभाग प्रमुख कर्ण थापाको आदेशमा नेपाल ओलम्पिक कमिटिले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भएका खेलकुद विभाग सदस्य पिताम्वर तिम्सिनाले पनि जीवनराम श्रेष्ठको कर्तुत विरुद्ध आगोल ओकले । उनले पनि जीवनराम श्रेष्ठको हर्कतबाट आफनो पार्टी पनि आजित भएको बताए । उनले सर्वोच्चको आदेश पुर्ण रुपमा पालना गराउन आफनो पार्टीले पनि सहयोग गर्ने बताए ।

एमाले मात्र होइन माओवादी र राप्रपाको खेलकुद विभागले पनि यो विषयमा एक्यबद्धता जनाएपछि जीवनराम श्रेष्ठ समुह आतंकित भएको छ । पछिल्लो यो कदम पछि श्रेष्ठ थप तिल्ििमलाएका छन् । जसका कारण उनको ओलम्पिकको दाना पानी मात्र नभई राजनीति नै सकिने अवस्थामा आइपुगेको खेलकुदका जानकार बताउछन् ।