काठमाडौं । कमेडी नाईट विथ कपिलमा भारतिय चर्चित कलाकार सुनिललाई गाली गलौच गरेको बारेमा कपिल शर्मा पछिल्लो समय निकै विवादमा तानेका छन् । कपिलको गलत व्यवहारका कारण सुनिलले शो नै छाड्ने निर्णय गरेपश्चात विवाद अझै चुलिँदै गएको हो ।
उता कपिलका नजिकका साथी रहेका सुपरस्टार सलमान खानले कपिलको विवादित कामको बारेमा मुख खोलेका छन् । सलमानले एक अन्तर्वार्ताको दौरानमा कपिललाई ईङ्कित गर्दै आफ्नो स्टारडम जोगाई राख्न सल्लाह सलमाने सुझाव दिएका छन् ।
आफुलाई मान्ने अनि सम्मान र तारिफ गर्ने साथी सर्कल, फ्यान र परिवारकै कारण आफ्नो स्टारडम जम्ने र करियर टिक्ने कुरामा सचेत हुन भन्दै म के गर्दै छु, अनि राम्रो या नराम्रो गर्दैछु भन्ने बारेमा समेत सचेत रहन सलमानले उनलाई सुझाएका छन् ।
प्रतिक्रिया