देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनसम्पर्क समिति डेनमार्कको सभापतिमा कार्की

देशान्तर

कोपनहेगन । नेपाली जनसम्पर्क समिति डेनमार्कको चौथो अधिवेशनबाट  समितिको सभापतिमा विरेन्द्रसिंह कार्की बिजयी निर्वाचित भएका छन् । उनी प्रतिद्धन्दी शैलेन्द्र अधिकारीलाई १० मतले पराजित गर्दै बिजयी बने । नयाँ नेतृत्वका लागि भएको मतदानमा कार्कीले ४ सय ५६ मत ल्याएका थिए भने अधिकारीले ४ सय ४६ मत ल्याए ।  

चौथो अधिवेशनमा सवै पदमा निर्वाचन मार्फत चुनिएको थियो । सभापतिका दुई आकांक्षीहरु प्यानलसहित निर्वाचनमा होमिएका थिए । अन्ततः सभापतिमा निर्बाचित भएका कार्कीका प्यानल बहुमत सहित निर्वाचित भएको छ । नेपाली कांग्रेसको गुटगत प्रभाव अधिबेशनमा नदेखिए पनि नेतृत्व गर्ने सवालमा व्यक्तिगत टकराव भने देखिएको जानकारहरुले बताएका छन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार नै अधिबेशनको उद्घाटन गरेका थिए । निर्वाचन अधिकृत यामलाल सुवेदीले दिएको जानकारी अनुसार कुल १ हजार ६ सय ५९ सदस्यमध्ये ९ सय ६४ मत खसेको थियो ।

सबैभन्दा बढी मत ल्याएर बिजयी बनेका उप–सभापति पदका उम्मेदवार नीलविक्रम थापाले ५ सय ४९ मत प्राप्त गरे । महामन्त्रीमा यादव बस्नेत ४७८ मत  ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्दी राजेन्द्र पौडेलले ४०४ मत ल्याएका थिए ।

सह–महामन्त्रीमा कृष्ण गिरी ५२४ मत ल्याएर विजयी भए भने उनका प्रतिद्धन्दी दिपक रानाभाटले  ३४४ मत पाए  । कोषाध्यक्षमा  श्याम प्रसाद सुवेदी  ४८७ मतका साथ विजयी भए भने प्रतिद्धन्दी अनित घतानेले  ३५६ मत पाए । सदिक्षा शर्मा, प्रियंका कार्की, बादल महर्जन, मंजु राना थापा, दिपेन्द्र जोशी, श्रीधर सिलवाल, विजय सापकोटा र सुशील पोख्रेल विजयी भएका छन् । 

]]>