देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रभु साहको मलेसिया भ्रमण विवादित

देशान्तर

मलेसिया । अन्तर्राष्ट्रिय श्रम सम्वन्ध समितिका सभापति प्रभु साहले कामदारका समस्यालाई आफुहरुले गंभीर भई समाधान गर्ने बताएका छन् । मलेसियास्थित नेपाली राज दुतावासमा आइतबार भएको अन्तरक्रिया कार्यक्रममा समितिका सभापति प्रभु साहले श्रमीकका गुनासो सुनेपछि यस्तो बताएका हुन् । 

कार्यक्रममा मलेसियामा रहेका नेपाली व्यवसायी, विभिन्न नेपाली संघसंस्था, पत्रकार तथा श्रमीकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

अन्तरक्रियामा साहले सबै मिलेर नेपाली श्रम बजारलाई ब्यवस्थित र मर्यादित बनाउनु पर्नेमा जोड दिए । श्रमिकहरूले कमाएको रेमिट्यान्सले देश चलिरहेको उल्लेख गर्दै उनले श्रमिकहरुलाई सम्मान गर्नुपर्ने बताए । दुई वर्ष अघि पनि मलेसिया भ्रमणमा आएका साहले समस्याहरु समाधान गरिदिने आश्वाशन दिएका थिए । 

कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डा.निरन्जनमान सिंह बस्न्यातले नेपाली श्रमीकहरुको समस्या नेपालबाट नै शुरु हुने गरेको बताए । उनले यसमा नेपाल सरकारको सम्बद्ध निकायहरुको यथेष्ठ ध्यान नपुगेको औल्याए । उनले फ्री भिसा फ्री टिकटको नाममा म्यानपावर र विचौलीयाहरुले एकदेखि डेढ लाखसम्म रकम लिई रहने तथा यसमा कसैले पनि रोक्न नसकेकाले पनि समस्या जस्ताको तस्तै रहेको औल्याए । 

राजदूत बस्न्यातले कहिले भिएलएन, कहिले बायोमेट्रिक, कहिले माईग्राम्स जस्ता कम्पनिहरुले नेपालीहरुलाई भार थपेकोमा राजदूतावासले सो बारे मलेसिया सरकार संग बार्ता गरिरहेको बताए । श्रमीकहरुको समस्या समाधान गर्न नेपालको सम्बन्धित सबै निकाय इमान्दारी पूर्बक लाग्नु पर्यो । उनले भने, आफूले अधिकार पाए काम गरेर देखाउने समेत दावि गरे । 

कार्यक्रममा श्रमीकहरुले दूतावासको काम अहिले राम्रो हुँदै गएको तथा अझ कामदारहरुको होस्टलहरुमा नेपालीहरुलाई अन्य मुलुकका कामदारसंग राखिदिने, ट्वाईलेटहरु कम हुने भएकोबारे पनि जानकारी गराएका थिए ।  

प्रभु शाहको भ्रमण काम भन्दा कुरा ठूला
प्रभु शाह कामको शिलशिलामा बिभिन्न मुलुकमा भ्रमण गरेर फर्के पनि उनको भ्रमण नै विवादास्पद देखिन्छ । समस्या उत्पन्न गराउने विभिन्न बहानामा बैदेसिक रोजगारीमा जानेहरुलाई आर्थिक भार थप्ने एजेण्डहरुसँग नै उनको मिलेमतो रहेको पाइन्छ । 

न्यूजिल्याण्ड, अष्ट्रेलीया मलेसियाको भ्रमणमा बेष्टिनेट कम्पनिसँग संलग्नता भएका स्वास्थ्य व्यवसायि महासंघका अध्यक्ष कैलाश खड्का पनि रहेका थिए । खड्का विवादित व्यक्ति हुन् । शाह संदिग्द व्यक्तिहरुसँग हिड्ने गरेकोले उनले दिएका आश्वासन केवल देखावटी भएको कार्यक्रममा सहभागीहरुले टिप्पणी गरेका छन् । 

साह श्रम समितिमा रहेर मलेसियास्थित विभिन्न कम्पनीको एजेन्टको रुपमा आर्थिक चलखेल गर्दै नेपाली कामदारलाई मलेसियामा जानुअघि हजारौं रुपैयाँ भार पर्ने गरी विभिन्न प्रणालीहरु थोपर्नेहरु सँग साठगाँठ समेत रहेको आरोप कामदार तथा व्यवसायीले लगाउँदै आएका छन् ।

]]>