देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सापकोटा र गिरि पर्यटनदूत

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष एवं नेपाली कांग्रेसका महासमिति सदस्य चिन्तामणी सापकोटा र जनसम्पर्क समितिका पूर्व अध्यक्ष एवं गैरआवासीय नेपाली संघका अध्यक्ष एकराज गिरि पर्यटन दूतमा नियुक्त भएका छन् ।  

चिन्तामणी बार्सिलोना स्पेन र एकराज म्याड्रिट स्पेनका लागि पर्यटन दुत नियुक्त भएका हुन् ।  नेपाल सरकारले सापकोटा र गिरीलाई हालै पर्यटन दुत नियुक्त गरेको हो ।

उनिहरुलाई स्पेनमा पर्यटनको प्रवद्धनको जिम्मा दिइएको छ । पर्यटन दुत नियुक्त भएपनि दुवै जनाले नेपालको पर्यटन प्रवद्धनका लागि बिभिन्न कार्यक्रम र अभियान संचालन गर्ने बताए । नेपालको परिचय झल्कने खाले बिभिन्न कार्यक्रम गरिने बताइएको छ । 

 

]]>