देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

११ र १२ कक्षा मात्र सञ्चालन गर्ने उच्चमावि खारेजमा

देशान्तर

काठमाडौं । अबको १८ महिनापछि देशभरका ११ र १२ कक्षा मात्र सञ्चालन गरेका उच्चमावि खारेज हुने भएका छन्। केही दिनपछि जारी हुने शिक्षा नियमावलीले यस्तो व्यवस्था गर्न हो । शिक्षा मन्त्रालयले तयार गरेको नियमावलीमा कक्षा ११ र १२ मात्रै सञ्चालन गरेका उच्च माविहरूले अनिवार्य रूपमा ९ र १० कक्षा सञ्चालन अनुमति लिने विशेष व्यवस्था  गर्न लागेको हो।

शिक्षा नियमावलीको १३ को अनुसूचीको क मा साविकको कानुनबमोजिम कक्षा ११ र १२ को सञ्चालन अनुमति प्राप्त गरी सञ्चालनमा रहेका विद्यालयहरूले २०७५ चैत मसान्तभित्र कक्षा ९ र १० को अनुमति लिइसक्नु पर्नेछ। उक्त समयभित्र अनुमति नलिने त्यस्ता विद्यालयको अनुमति रद्ध हुने उल्ले गरेको छ।

शिक्षा ऐन आएको चार महिनापछि जारी हुन लागेको नियमावलीमा कक्षा १ देखि १२ सम्मलाई विद्यालय शिक्षा उल्लेख गरेपछि शिक्षा मन्त्रालयले कक्षा १२ सम्मलाई विद्यालय शिक्षा भएको बताउँदै जिरो प्लस टुलाई कक्षा ९ र १० सञ्चालन गर्ने अनुमति दिन लागेको हो। समाचारपत्र दैनिकमा समाचार छ । 

]]>