देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भुकम्प पीडितलाई उठाइएको चन्दा एक पैसा पनि हिनामिना भएको छैन- भण्डारी

देशान्तर

स्टेफनभील (टेक्सस) । स्वदेशमा नेपाली कांग्रेसले हरेक कोजाग्रत पूर्णिमामा आयोजना गर्ने गरेझैं अमेरिकामा पनि सोही दिन शूभकामना आदान प्रदान कार्यक्रमको थालनी भएको छ। नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको वेस्ट टेक्सस च्याप्टरले भव्य तथा उल्लासमय वातावरणमा उक्त दिन शूभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्यो।
 
स्टेफनभीलमा आयोजित कार्यक्रममभा ड्यालस, फोर्टवर्थका लव्ध प्रतिष्ठित नेपालीहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा नेपाली समाज टेक्सस, गैर आवासीय नेपाली संघ अमेरिका, यति चेम्बर अफ कमर्स, प्रवासी नेपाली मञ्च लगायतका संघसंस्थामा पदाधिकारीहरु एकै ठाउँमा भेला भएर शूभकामना आदान प्रदान गरे ।
 
कार्यक्रममा अमेरिका भ्रमणमा रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद रमेश रिजाल प्रमुख अतिथीका रुपमा आमन्त्रित थिए। रिजालले नेपालको वर्तमान परिस्थितीबाट स्वदेश र विदेशमा रहेका नेपालीहरु असाध्यै चिन्तित रहेको उल्लेख गर्दै कतिपय कमि कमजोरीका वावजुद निराश भइहाल्ने अवस्था भने नरहेको बताए ।
 

कार्यक्रमको सभापतित्व नेपाली जनसम्पर्क समिति टेक्सस वेस्ट च्याप्टरका सभापति एवं नेपाली कांग्रेसका युवा नेता हरिबोल भण्डारीले गरेका थिए । उनले जनसम्पर्क समितिमा कमि कमजोरी र गल्ती भए सम्पूर्ण केन्द्रिय समिति जिम्मेवार हुने बताउँदै अहिलेको विवादको चुरोमा रहेको भुकम्प पीडितका नाममा संकलन भएको चन्दा रकममा एक पैसा पनि हिनामिना नभएको जानकारी दिए ।
 
उनले नेपालमा राहत वितरण गरिएको ९ लाख रुपैयाँ बाहेक सबै रकम जनसम्पर्क समितिसँग रहेको र उक्त रकम भुकम्प पीडितलाईनै खर्च गर्न नेपाली कांग्रेसको संबन्धित कोषमा दाखिला गरिने जानकारी दिए।
 
सबैलाई बडादशैं, तिहार र छठपर्बको शूभकामना दिनुहुँदै भण्डारीले शूभकामना आदान प्रदान कार्यक्रमले भविष्यमा पनि निरन्तरता पाउने बताए।
 
कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछाने, समाजका पूर्ब अध्यक्ष गौरी जोशी, यति चेम्बर अफ कमर्सका अध्यक्ष बासु भण्डारी, जनसम्पर्क समिति उपाध्यक्ष भगवान मैनाली, जनसम्पर्क समिति अमेरिकाका सल्लाहकार अमृत सापकोटा,  समाजसेबी सुन्दर कर्माचार्य, जीवन जोशी लगायतका वक्ताहरुले शुभकामना दिएका थिए ।

]]>