देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इदको अवसरमा मलेसियाका नेपालीहरुबीच फुटबल प्रतियोगिता

देशान्तर

क्वालालम्पुर । मुस्लिमहरुको महान पर्ब हरि राया वा इद उल फित्रको अबसरमा फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । उक्त प्रतियोगिताको आज (बुधबार) मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनमान सिंह बस्न्यातले उद्घाटन गरे । हिमालयन फुटबल क्लबले आयोजना गरेको प्रतियोगीतालाई क्वालालमपुरको पानासोनिक स्टेडियममा राजदूत बस्न्यातले फुटबल हानेर उद्घाटन गरेका हुन् ।

यस अवसरमा राजदूत बस्न्यातले मलेसियामा कार्यरत नेपाली श्रमीकहरुलाई हरि रायाको अवसरमा शुभकामना ब्यक्त गरे ।

शुक्रबार सम्म हुने उक्त प्रतियोगितामा विभिन्न कम्पनिमा कार्यरत श्रमीकहरुको २६ टीमले भाग लिएका छन् । मलेसियामा नै पहिलो र एक मात्र दर्ता भएको हिमालयन फुटबल क्लबले हरिरायामा खेलकूदको मज्जा, स्वास्थ्यको लागि फाईदा, नेपालीहरुलाई जमघट, जोश जागर र आपसि मेलमिलाप एबं भाइचाराको लागि पनि फुटबल प्रतियोगिता गर्न लागिएको जनाएको छ । टिममा नेपालीसंगै नेपाली मुलका मलेसियनहरु पनि रहेका छन् । टाढाबाट आउने खेलाडिहरुलाई बस्नको लागि १५ वटा बस्ने कोठा, यातायातको व्यवस्था गरिएको छ ।

प्रतियोतिमा पहिलो, दोस्रो तथा तेस्रो हुने टिमलाई क्रमशः १५ हजार रिङगेट नगद, शिल्ड तथा प्रमाण पत्र, ९ हजार नगद, शिल्ड र प्रमाण पत्र तथा ३ हजार र प्रमाण पत्र वितरण गरिने तथा उत्कुष्ट खेलाडि, गोलरक्षक तथा अधिक गोल गर्ने एक एक खेलाडिलाई पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जानाकारि दिइयो । 

त्यस्तै आजबाट रमझममा रमाउदै श्रमीकहरु आपसि खुशि साटासाट गर्दैछन् । बिभिन्न धमाका नामबाट नेपालका राष्ट्रिय कलाकारहरुको उपस्थितिमा मलेसियाका राज्यहरु जोहोर, पिनाङ, क्वालालम्पुरमा रहेको छ । लगातारको छुट्टिलाई नेपाली श्रमीकहरुले फुटबल, भलिबल र साँस्कृतिक कार्यक्रम तथा साथीभाईहरुको भेटघाटमा मनोरञ्जन लिनेछन् ।

बिभिन्न साँस्कृतिक कार्यक्रम तथा खेलकूद प्रतियोगिता र नेपालीहरुको लागि यसै अबसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति मलेसियाका अध्यक्ष विश्व बिक्रम राई तथा परिवारले पनि शुभकामना ब्यक्त गरेका छन् ।

]]>