देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाको टेक्सासमा गोली चल्दा ४ प्रहरीको मृत्यु

देशान्तर

टेक्सास ।  अमेरिकाको टेक्सास राज्यको डल्लास शहरमा स्थानीय समय अनुसार बिहीवार बेलुका हिंसाविरुद्धको विरोध एक प्रदर्शनका क्रममा गोली चलेपछि चारजना प्रहरी अधिकारीहरूको मृत्यु भएको छ । उक्त प्रदर्शनका क्रममा ११ जना प्रहरीमाथि गोली चलेको अधिकारीहरूले बताएका छन् । गोली लागेकामध्ये केही विभागीय अधिकारी पनि रहेका छन् ।

प्रहरी विभागले जारी गरेको एक फोटोमा देखिएको लामो राइफल बोकेको एक व्यक्तिले आत्मसमर्पण गरेको  अधिकारीहरूले बताएका छन् । उक्त व्यक्तिले प्रहरीमाथि आक्रमण गरेको नगरेको खुलेको छैन । गोली चलाउने व्यक्ति भनी आशंका गरिएको अर्को व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ । उक्त व्यक्तिले प्रहरीहरूलाई गोली हानेको थियो ।

एउटा शंकास्पद वस्तु पनि घटनास्थलमा फेला परेको अधिकारीहरूले बताएका छन् । स्थिति अझै तनावग्रस्त रहेको छ । प्रहरीले यसै साता लुइजियाना राज्यमा अल्टोज स्टर्लिङ र मिनेसोटा राज्यमा फिलान्डो क्यास्टिललाई  प्रहरीले  मारेको भन्दै विरोधमा शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सयौं व्यक्ति डल्लासमा भेला भएको बेला गोलि चलेको बिविसीले जनाएको छ । स्थानीय समय अनुसार राति ८ः४५ मा गोलीवारी शुरु भएको थियो ।

त्यहाँ उपस्थित व्यक्तिहरूले लिएको भिडियोमा व्यक्तिहरू सडकमा विरोध प्रदर्शन गरिरहेका बेला गोलीका आवाज सुनिएका थिए ।  गेली चलेपछि भागाभाग चलेर मानिस सुरक्षित स्थानतर्फ गएका थिए ।

]]>