देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ग्रिनसीटी अस्पतालनमा एनआरएन अमेरिकाको लगानी

देशान्तर

काठमाडौं । स्वस्थ्य सेवालाई आधुनिक र सर्वसलभ बनाउने उद्देश्यले गैरआवसीय नेपालीहरु नेपालको स्वास्थ्य सेवामा लगानी गर्न आकर्षित भईरहेका छन् । यसको पछिल्लो उदाहरण एनआरएन अमेरिकाका अध्यक्ष डा.केशव पौडेलको नेतृत्वमा काठमाडौंको धापासीमा रहेको ग्रीनसीट अस्पतालमा गैरआवसीय नेपालीहरुले लगानी गर्ने भएका निश्चित भएको छ । 

अस्पताललाई नमुना अस्पताल बनाएर कुनै पनि नेपालीलाई उपचारको अभावमा ज्यान गुमाउनु नपरोस भन्ने हेतुले आफूहरु लगानी गर्न लागेको आँखाका डाक्टरसमेत रहेका डा. पौडेलले बताउँदै देशान्तरलाई भने,‘नेपालमा जस्तोसुकै रोग लागेपनि सर्व सुलभ रुपमा उपचार गर्न सक्ने गरी ग्रिनसीटी अस्पताललाई थप प्रभावकारी र स्रोतसाधान सम्पन्न बनाउन हामी लगानी गर्न  आकर्षित भएका हौं । ’

लगनीसम्बन्धि जानकारी दिन आयोजित कार्यक्रमको अवसरमा काठमाडौंमा ज्याला मजदुरी गर्दै आईरहेका कमल धमलाको निशुल्क मुटुको शल्यक्रिया  गरिएको थियो । त्यस्तै अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत एक समाजिक संस्थालाई एम्बुलेन्स पनि प्रदान गरेको थियो । 

उक्त कार्यक्रमको अवसरमा  नेपाल सरकारसँगको सहकार्यमा अस्पतालले २ सय आङ् खसेका महिलाहरुको निशुलक उपचार गर्ने सम्झौता पनि सम्पन्न भएको थियो । 

अन्तराष्ट्रियस्तरको स्वास्थ्यसुविधा उपलब्ध गराई नेपालीलाई उपचारको लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्ने भन्दै गरिएको उक्त लगानीले नेपालको स्वस्थ्य  सेवामा  गणात्मक परिवर्तन ल्याउने विभिन्न क्षेत्रका व्यक्तिहरुले  विश्वास व्यक्त गरेका थिए । 

एनआरएनको सहयोगमा यसअघि पनि अस्पतालले   आर्थिक रुपमा कमजो ४० जना महिलाहरुको पाठेघरको निशुल्क उपचार गरिसकेको छ   । भने भूकम्प प्रभावित जिल्लाहरुमा विभिन्न कार्यक्रममार्फत विशेषज्ञ स्वास्थय सेवा पनि प्रदान गर्दै आईरहेको छ ।                                                                                                                                    
 

]]>