देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्यायाधीश सिफारिसमा सर्वोच्चको अलमल

देशान्तर

काठमाडौं । अधिवक्ताद्वय पूर्णचन्द्र पौडेल र ज्योति बानियाँ मंगलबार सर्वोच्च अदालतमा तयारीसाथ उपस्थित थिए। न्यायपरिषदले गरेको ११ जना न्यायाधीश सिफारिस गलत भएको भन्दै पौडेल त्यसमाथि बहस गर्न र बानियाँ सिफारिस सही भएको जिकिर गर्न त्यहाँ पुगेका हुन्। आ–आफ्ना तर्कलाई बल दिने अन्तर्राष्ट्रिय कागजात, कानुनी नजिरसाथ गएका उनीहरु बहसमा उत्रन भने पाएनन्।

अदालतले उक्त मुद्दामाथि मंगलबारका लागि तय गरिएको सुनुवाइ स्थगनको सूचना टाँसेपछि उनीहरु फर्किए। पौडेलको निवेदन स्थगित भएको यो दोस्रो पटक हो भने बानियाँको पहिलो पटक।  जेठ ११ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिसविरुद्ध परेको मुद्दाको विरोधमा जेठ २० गते बानियाँले अर्को मुद्दा दायर गरेपछि अदालत अन्योलमा परेको विश्लेषण गर्न थालिएको छ।

एउटै विषय तर विपरित मागमा दुई कानुन व्यवसायी बहस गर्न आएपछि सर्वोच्च एकल इजलास गठन नगरी सुनुवाइ स्थगनको सूची प्रकाशित गर्न बाध्य भएको आंकलन कानुनी वृत्तमा छ।  नागरिक दैनिकमा समाचार छ। 

]]>