देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मलेसियामा ठग र दलालहरू उकुसमुकुस

देशान्तर

दूतावासबाट नेपालीलाई रेडियो कार्यक्रमदेखि वकिलसम्मको सुविधा

क्वालालम्पुर । रोजगारीको मुख्य गन्तव्य बनेको मलेसियामा यति बेला नयाँ नेपाली कामदार आउन रोकिएपछि नेपालीहरूलाई विभिन्न बहानामा ठगी गर्नेहरू उकुसमुकुसमा परेका छन् । मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनमानसिंह बस्न्यातले नेपाली ठगी गर्नेहरूलाई कारवाही प्रक्रिया तीव्र बनाएपछि त झनै उनीहरूको नीदहराम भएको छ ।  

कुनै बेला नेपालबाट मलेसिया आउने कामदारले दैनिक पाँचवटा जहाजहरू भरिभराउ हुन्थ्यो । तर फ्रि भिसा फ्रि टिकटको नियम लागू भएपछि आजभोलि मलेसिया भित्रिने नेपाली कामदारहरू मुस्किलले महिनाको तीन सय पुग्ने गरेको छ । तर यहाँबाट नेपाल फर्कनेहरूको संख्या भने मासिक ६ हजारको हाराहारीमा रहेको छ । नेपाल फर्कने नेपालीहरूलाई बीचमा नै नेपाली दलालहरूले नेपाल फर्काउन तानातान गरेर कमाउ धन्दा चलाउन सुरु गरेका थिए । तर मलेसियाका लागि नेपाली राजदूत बस्न्यातको सक्रियतामा दूतावासले कारबाही सुरु गरेपछि दलालहरूको त्यो धन्दा पनि यतिबेला चौपट भएकोले उनीहरू उकुसमुकुसको अवस्थामा पुगेका हुन् ।  

मलेसिया सरकारले अवैधानिक रूपमा काम गरेकाहरूलाई नेपाल फर्कन दिएको समयावधिमा नेपाली दूतावासले करिब ६० हजार नेपाली फिर्ता पठाइसकेको छ । विभिन्न कारणले जेल सजाय भोगेर घर फिर्ती केन्द्रमा रहेका नेपालीहरूलाई नेपाल सरकार, मलेसियामा रहेका विभिन्न संघसस्था र कम्पनीहरूको सहयोगमा हालसम्म ५ सय ३१ जनालाई नेपाल फर्काइसकेको छ । हजारौं नेपालीहरूलाई महत्वपूर्ण जानकारी, आवश्यक सुझाव सल्लाहको लागि र मनोरञ्जनको लागि समेत यहाँको सरकारी रेडियो बर्नामामार्फत नेपाल सन्देश कार्यक्रमको थालनी, चौबीसै घन्टा नि:शुल्क हट लाइनको व्यवस्थासँगै जेलमा रहेका तथा भाषाको समस्याले विविधखाले अप्ठेरोमा परेका नेपाली कामदारहरूको लागि स्थानीय वकिलको पनि व्यवस्था दूतावासले गरेको छ ।

दूतावासलाई गरिने समस्याहरू परेका गुनासाहरू यतिबेला निकै कम भएको छ । दूतावासको वरपर रहेर ठगी गर्नेहरू फरार छन् भने नेपाल फर्किसकेका छन् । मलेसियाको राजधानी क्वालालम्पुरका प्रहरी प्रमुख दातो अमरइसर सिंसँग राजदूत बस्न्यातले भेट गरी नेपाली कामदारहरू माथि भइरहेको ठगी र लुटपाट नियन्त्रण र दूतावासको वरिपरि अनुगमनका लागि प्रहरी खटाउन गरेको आग्रहअनुसार मलेसियाली प्रहरीहरूले कडा निगरानी गरिरहेका छन् । ठग तथा लुटपाटमा संलग्नहरूको तीव्र खोजी भइरहेको राजदूत डा.बस्न्यातले जानकारी दिए । 

]]>