देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्यान्सर पीडित बालिकालाई मलेसियाबाट सहयोग

देशान्तर

क्वालालम्पुर । मुरु २, रुकुमकी ९ बर्षीया क्यान्सर पिडित निर्मला ओलीलाई उनको उपचारार्थ मलेसियाबाट आर्थिक रकम सहयोग गरिएको छ । मलेसियाबाट वसन्त मगर र बिपेन उलङगको सक्रियतामा उनको लागि ५१ हजार ५ सय रुपैया संकलन गरि सहयोग गरिएको हो । उनीहरुले फेसबुकमा निर्मला बचाउ अभियान चलाएर विभिन्न क्षेत्रमा कार्यरत श्रमीक तथा समूहबाट सो रकम जम्मा गरेको बताएका छन् ।

मखमली यूवा क्लब रुकुम, बुबा शसिराम ओलि र आमा देउमा ओलिकी क्यान्सर पीडित बालिकालाई मलेसियाबाट आर्थिक सहयोग पठाइएको हो । क्यान्सर पीडित ओलीलाई शुरुमा क्यान्सरको उपचारका लागि गाउलेहरुले सहयोग गरेका थिए । तर सहयोग पर्याप्त नभएपछि उनको परिवारले थप सहयोगको याचना गरेका थ्उि ।

पीडित बालिाकालाई अहिले नेपालगञ्जबाट चितवनस्थित विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना गरिएको उनका आफन्तले जनाएका छन् । 

उपचारमा अझै पाँच लाख भन्दा बढी रकम खर्च हुने चिकित्सकहरुले बताएपछि बालिकाका पिता ओलीले देश विदेशमा रहेका ब्यक्ति तथा संघ संस्थाहरुसँग सहयोगको अपिल गर्दै आएका छन् । मलेसियामा फेसबुक अभियानबाट सहयोग आउने क्रम जारी रहेको जनाउँदै यस अभियानमा संलग्न उलङले अन्य मुलुकहरुबाट पनि सहयोग गरि उनलाई बचाउन अनुरोध गरेका छन् ।
 

]]>