देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिलिपिन्समा पक्राउ नेपालीलाई मलेसियादुतावासले नेपाल फर्कायो

देशान्तर

क्वालालम्पुर । फिलिपिन्समा अलपत्र परेका १६ नेपाली मध्ये ७ जना नेपालीलाई मलेसियास्थित नेपाली दूतावासले उद्धार गरि नेपाल फर्काएको छ ।  नेपाली मानव तस्करहरुले अमेरीका र अस्ट्रेलिया पठाईदिन्छु भन्दै उनीहरुलाई फिलिपिन्समा पु¥याएर अलपत्र परेको अवस्थामा शनिबार दूतावासले उद्धार गरेको हो ।

नेपालबाट मलेसिया र इन्डोनेसिया हुंदै डुंगामा पु¥याइएका १६ नेपालीलाई  मानव तस्करहरुले समुन्द्री क्षेत्रमा छोडेका थिए । कागजात विहिन अवस्थामा फिलिपिन्स्देखि पुर्व प्रशान्त महासागर क्षेत्रमा रहेको टापुहरुको राज्य फेडरेटेड स्टेट अफ माइक्रोनेसियाको याप राज्यका टापुहरुमा उनिहरु थिए । उनिहरुलाई त्यहिबाट माइक्रोनेसियाका अध्यागमन अधिकारीहरुले पक्राउ गरि घर फिर्ति केन्द्रहरुमा राखेका थिए ।

शनिवार उद्धार गरिएकाहरुमा चितवनका प्रविन लामा, स्याम्युल तामाङ र जयराम वाइवा, पाल्पाका वसन्तवहादुर दर्लामी, मकवानपुरका सोमबहादुर लामा थिंङ, इलामका सन्जिव राई, र धनुषाका अमितकुमार साह रहेका छन । नेपालीहरु घर फिर्ति केन्द्रमा रहेको खवर थाहा पाए लगतै नेपाली दुतावासले उनीहरुको उद्धार प्रकृया थालेको राजदूत डा. निरञ्जनमन सिंह बस्न्यातले बताए ।

पक्राउ परेको मध्ये  केहीले  संयुक्त राष्ट्रसंघीय शरणार्थाी उच्च आयोगमा शरणको लागि आवेदन समेत दिएको वुझिएको छ  । उनीहरु अन्तर्राष्ट्रिय आप्रवासी संगठन र संयुक्त राष्ट्रसंघीय शरणार्थाी उच्च आयोगको  प्रत्यक्ष निगरानीमा रहेको नेपाली दुतावास मलेसियाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

]]>