देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मलेसियामा श्रमिकहरुको तलब वृद्धि, नेपालीहरु पनि लाभान्वित

देशान्तर

रवि भट्ट

क्वालालम्पुर । नेपालीका लागि वैदेशिक रोजगारिको मुख्य गन्तव्य मानिएको मलेसियामा श्रमिकहरुको न्युनतम् पारिश्रमिकमा वृद्धि भएको छ । तीन वर्षपछि मलेसियाली सरकारले पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो । यसको फाइदा मलेसियामा कार्यरत नेपाली श्रमिकहरुलाई हुने छ। सरकारले मलेसियाका विभिन्न राज्यहरुका लागि ९ सय २० देखि हजार रिंगेटसम्म नयाँ तलबमान तोकेको छ ।

सरकारले बजेटमार्फत आउदो शुक्रबारदेखि लागू हुने गरि नयाँ तलबमान तोकेको । यसअघि न्युनतम् तलव ८ सय २० देखि ९ सय रिंगेटसम्म मात्र थियो । अब घण्टाको न्युनतम ४.४२ देखि ४.८१ रिंगेटसम्म तलव दिनुपर्ने गरी नयाँ पारिश्रमिक तोकिएको जनाइएको छ । तर, होटल क्षेत्रमा यसअघि नै यो व्यवस्था लागू भएपनि नयाँ पारिश्रमिक लागू हुनेमा रोजगारदाताहरुले आशंका व्यक्त गरेका छन् । मलेसियाको रोजगार दाता महांसघले भने अहिलेको समयमा नयाँ पारिश्रमिक लागू गर्न समस्या पर्ने बताएको छ ।

महासंघका निर्देशक समासुद्धिन बर्दानले नयाँ पारिश्रमिक अनुसार तलब भुक्तानी गर्न वित्तीय समस्या पर्ने बताएका छन् । नयाँ पारिश्रमिक लागू भएपछि त्यहाँका वैधानिक विदेशी कामदार लाभान्वित हुनेछन् । ठूलो संख्यामा रहेका नेपाली कामदारले पनि यसबाटा फाइदा उठाउन सक्छन् । यो पारिश्रमिक निजीसहित सबै क्षेत्रका मजदुरका हकमा लागू हुने मलेसियाबाट प्रकासित दि स्टार दैनिकले जनाएको छ ।

]]>