देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शरणार्थीसम्बन्धी दक्षिण एसियाली सम्मेलन सुरु

देशान्तर

काठमाडौँ। दक्षिण एसियामा शरणार्थीले भोग्नुपरेका समस्या र त्यसका समाधान खोज्ने उद्देश्यसहित आजदेखि यहाँ दक्षिण एसियाली क्षेत्रीय सम्मेलन सुरु भएको छ । 

सेन्टर फर साउथ एसियन स्टडिज र कोनार्ड एडेनोर स्टिफटुंगले संयुक्त रुपमा आयोजनमा गरेकोे ‘दक्षिण एसियामा शरणार्थी’ विषयको दुईदिने सम्मेलनको राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाटन गरे ।  

अध्यक्ष शर्माले नेपालमा शरणार्थीको उपस्थितिका कारण आर्थिक, सामाजिक र सुरक्षामा चुनौती थपिँदै गएको र सही रुपमा उनीहरुको पुनर्बासको व्यवस्था हुन नसकेको बताए ।  

उनले नेपालमा रहेका भुटानी शरणार्थीलाई पुनर्बासका लागि पश्चिमा देशहरूमा पठाइएको जानकारी दिँदै अहिले पनि आयोगले शरणार्थीको निरन्तर अनुगमन गरी सरकारलाई सुझाव दिने काम गर्दैआएको बताए ।  

सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक निश्चलनाथ पाण्डेले शरणार्थीको समस्या जटिल बन्दै गएकाले यसको समाधान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताए । 

उनका अनुसार नेपालमा ४० हजार शरणार्थी रहेका छन् । दक्षिण एसियामा पनि राजनीतिक, धार्मिकलगायतका विभिन्न कारणले शरणार्थीको समस्या विकराल बन्दै भएको छ । नेपालमा खासगरी भुटानी र तिब्बती शरणार्थी छन् । 

सम्मेलनमा अफगानिस्तानबाहेक सार्कका सात सदस्य राष्ट्रको सहभागिता रहेको छ । सम्मेलनमा प्रत्येक राष्ट्रले आ–आफ्नो देशका शरणार्थीको अवस्था र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछ । 

]]>