देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता

देशान्तर

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको छ । बैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सहज रूपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्ने सेवा प्रदान गर्न उक्त सम्झौता भएको हो । बैंक तथा कोषबीच भएको यस सम्झौताअनुसार योगदानकर्ताहरूले हिमालयन बैंकमा खाता खोली यस बैंकले प्रदान गर्दै आएको हिमाल रेमिट, मोबाइल बैंकिङ्ग वा कार्ड मार्फत सहज रूपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्न सक्नेछन् ।

यसरी योगदानकर्ताहरूले योगदान गरेको रकम सोही दिन कोषको उक्त खातामा जम्मा हुने व्यवस्था गरिएको छ ।यस सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले बैंक तथा कोषका अन्य कर्मचारीहरूको उपस्थितिमा हस्ताक्षर गरेका थिए ।