देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘मनोमानी शुल्क’ उठाउने विद्यालयमाथि अनुगमन गर्ने विद्यार्थि संगठनहरुको निर्णय

देशान्तर

काठमाडौँ। संयुक्त विद्यार्थी सङ्गठनले मनोमानी शुल्क उठाउने विद्यालयमाथि बुधबारदेखि कडाइका साथ अनुगमन गर्ने निर्णय गरेको छ । 

नेपाल विद्यार्थी सङ्घको केन्द्रीय कार्यालय डिल्लीबजारमा बसेको बैठकले मनोमानी शुल्क उठाएका विद्यालयलाई कम शुल्क उठाउन पटक पटक आग्रह गरिए पनि अटेर गरेको जनाउँदै अनुगमन गर्न लागेको हो । 

नेविसङ्घका प्रवक्ता युपी लामिछानेले निजी विद्यालयले राज्यको नियम कानुनभन्दा आफूलाई माथि सम्झी मनोमानी शुल्क असुल्ने गरेको आरोप लगाउँदै १३ अनुगमन समिति बनाएर अनुगमन गरिने जानकारी दिए ।  

बैठकले मुलुकको समग्र शिक्षा क्षेत्रको विकासका लागि बजेट बढाउनका सरकारसँग माग गरेको छ । त्यसका लागि प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय समेत गरिएको छ । शिक्षासँग सम्बन्धित र विद्यार्थी राजनीतिसँग जोडिएका सरोकार भएका निकायहरुसँग अन्तक्र्रिया पनि गरिने भएको छ । 

गत वर्ष सरकार तथा विद्यार्थी सङ्गठनबीच भएको १० बुँदे सहमति लागू गराउन दबाब दिने समेत जनाइएको छ । कालोबजारी, भ्रष्टाचार र मुलुकमा बढ्दै गएको भन्दै यसको नियन्त्रणका लागि गम्भीर हुन सरकारलाई आग्रह गरिएको छ । 

स्वदेशमा रोजगारीको माग राखी खुल्लामञ्चमा आमरण अनशन बसेका युवालाई तत्काल वार्ता गर्न बोलाई तिनको जीवन रक्षा गर्न विद्यार्थीले सरकारलाई आग्रह गरेका छन् । 

 

]]>