देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस संसदीय दलेको विधान संशोधन

देशान्तर

काठमाडौं ।  नेपाली कांग्रेसको संसदीय दलले दलको विधान संशोधन गरेको छ । कुलबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले नयाँ संविधान अनुसार पार्टीको विधान संशोधन गर्ने प्रस्ताव पारित गरेको हो ।

दलले पारित गरेको प्रस्तावलाई आज दिउँसो बस्ने केन्द्रीय कार्यसमितीको बैठकले अनुमोदन गरेपछि विधान कार्यन्वयन हुने छ । 
 
नयाँ विधान अनुसार १५ जना निर्वाचित सदस्य, ७ वटा प्रदेशबाट ७ जना तथा संसदीय दलको नेताले ९ जना सदस्य चयन गर्नेछन् । यसअघि ५ विकास क्षेत्रबाट ५ जना र संसदीय दलको नेताले ६ जना चयन गर्ने व्यवस्था थियो । यस्तै विधान संशोधन गरेर संविधानमा व्यवस्था भएअनुसार क्लष्टरको संख्या पनि ९ बाट बढाएर १७ पुर्‍याएको छ । 

]]>