देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म्यानमारमा आस्थाका बन्दी रिहाईको प्रक्रिया सुरु

देशान्तर

याङ्गुन। म्यानमारको जेलमा रहेका राजनीतिक आस्थाका बन्दी रिहाइको प्रक्रिया सुरु भएको समाचार छ । शुक्रबारमात्र सो प्रक्रियाबाट कम्तीमा १३८ जना बन्दी रिहा गरिएको जनाइएको छ । 

म्यानमारको राजधानी नेपित्व तथा अरु चार वटा जेलमा रहेका बन्दीमध्ये करिब १३८ जनालाई शुक्रबार राति रिहा गरिएको छ । उनीहरुको बाँकी जेल जीवन माफी गरी रिहा गरिएको प्राप्त समाचारमा जनाइएको छ । 

यसरी आममाफी पाएका ती बन्दीमा अधिकांश विद्यार्थी रहेका छन् । राजनीतिमा लागेर दलका क्रियाकलापको प्रचार प्रसार गरेको आरोपमा यसअघिको सैनिक सरकारले उनीहरुलाई केही वर्षदेखि जेलमा राखेको थियो । 

उनीहरुलाई रिहा गर्ने सङ्केत प्राप्त भएको भन्दै शुक्रबार बिहानैदेखि ती विद्यार्थीका आफन्त जेलको परिसरमा जम्मा भएका थिए । आफन्तहरुको शुक्रबार जेलमा भिड लागेको समाचारमा जनाइएको थियो । 

म्यानमारकी नवनिर्वाचित विदेशमन्त्री एवम् प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले म्यानमारको जेलमा रहेका राजनीतिक बन्दीको रिहाइका लागि आफूले जतिसक्दो चाँडो प्रक्रिया सुरुगर्ने बताएकि थिइन् ।  

सोही बमोजिम उनीहरुलाई जेलबाट मुक्त गरिएको बताइएको छ । म्यानमारको जेलमा रहेका राजनीतिक अस्थाका बन्दीको रिहाइका लागि आफूले पक्रिया थाल्ने आश्वासन बिहीबारमात्र सुकीले एक सार्वजनिक सम्बोधनका क्रममा दिएकी थिइन् ।  

उनले प्राथमिकताका आधारमा यस्ता बन्दीलाई रिहा गरिने भन्दै अब कसैले पनि राजनीतिक बिचारधाराका कारण जेलमा बस्नुनपर्ने गरी नागरिकलाई सरकारले न्याय दिने पनि जनाएकी थिइन् ।  

विदेशमन्त्री सुकीलाई राष्ट्रिय सल्लाहकारको रूपमा विशिष्ठ स्थान म्यानमारको सरकारले दिएको छ । उक्त पदमा बहालीपछिको पहिलो सार्वजनिक सम्बोधनमा उनले आफ्नो पहिलो काम ती बन्दीको रिहाई हो भनेकी थिइन् । 

कैयौँ वर्षदेखि म्यानमारमा सैनिक शासन कायम रहेकोले उनीहरूले प्रजातन्त्रको मागगर्ने अधिकारवादीहरूलाई बन्दी बनाउँदै आएका छन् । अझै पनि म्यानमारको जेलमा हजारौँ यस्ता राजनीतिक बन्दी रहेका बताइन्छ । 
अरु पनि केही बन्दीलाई म्यानमारको जेलबाट मुक्त गर्ने तयारी गरिएको जनाइएको छ । म्यानमारको आगामी नयाँ वर्षका क्रममा ती मुक्त हुनेछन् । 

म्यानमारमा आगामी मङ्गलबार पानी महोत्सव हुदैछ । यसलाई एक विशेष पर्वका रुपमा लिने गरिन्छ । त्यसका लागि आजैदेखि सार्वजनिक विदा सुरु भएको छ । 

सरकारले थप बन्दीलाई पनि आगामी केही दिनमा रिहा गर्ने तयारी गरेकोमा मङ्गलबारको कार्यक्रमका लागि केही दिनयतादेखि नै सार्वजनिक बिदाको आयोजना गरेकोले थप रिहाइ गर्न नपाइएको बताइएको छ । 

]]>