देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेसको समूहगत उम्मेदवारी घोषणा आज

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनका लागि भोलि विभिन्न समूहहरुले समूहगत रुपमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । सभापतिमा चार जनाले उम्मेदवारी दिने र उनीहरुले आ–आफ्नो समूहसहित भोलि उम्मेदवारी घोषणा गर्ने बताएका छन् ।

पार्टीको संस्थापन पक्षबाट पार्टीका कार्यबाहक सभापति रामचन्द्र पौडेलले  अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सबै पदाधिकारीका लागि आफ्नो समूहबाट उम्मेदवारी दिनेको नामावली घोषणा गर्न लागेको छ । पौडेलको समूहले महामन्त्रीमा शाशांक कोइरालालाई उम्मेदवार बनाउने भएको छ भने कोषाध्यक्षको अझै निर्णय हुन बाँकी रहेको छ ।

पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाको समूहले भने आज उम्मेदवारी घोषणा गर्ने सम्भावना न्यून रहेको छ । देउवा समूहले अन्य नेताको उम्मेदवारी घोषणा सकिएपछि मात्रै पर्सी उम्मेदवारी घोषणा गर्ने रणनीति बनाएको छ । देउवा समूहबाट पनि महामन्त्री र कोषाध्यक्षको समेत उम्मेदवारी घोषणा हुने देउवा निकट नेता बालकृष्ण खाँडले जानकारी दिए ।

अन्य केही नेताले पनि पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । केन्द्रीय सदस्यका लागि यसअघि पनि धेरैले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

]]>