देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पौडेलको पक्षमा जिल्ला सभापतिहरुको संयुक्त अपील

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसको तेह्रौ महाधिवेशनमा सभापतिका निम्ति आज पुनः हुन गईरहेको दोस्रो एवम अन्तिम चरणको निर्वाचनमा  नेपाली कांग्रेस जोगाउनका लागि भन्दै सभापतिका प्रत्यासी रामचन्द्र पौडेलको पक्षमा मतदान गर्नका  लागि आम महाधिवेशन प्रतिनीधिहरुलाई अपिल गरेका छन् । दोश्रो चरणमा हुन गइरहेको मतदानका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरी सवै महाधिवेशन प्रतिनिधि साथीहरुलाई अपिल गरेका हुन् । 

नेपालको लोकतान्त्रिक आन्दोलनमा अनवरत संघर्ष गरेको, लोकतन्त्रको मूल्यमा कहिल्यै कसैसँग पनि कुनै प्रकारको सम्झौता नगरेको निष्ठाको राजनीति र समाजवादका एक अथक योद्धा रामचन्द्र पौडेललाई यस निर्वाचनमा जिताउन पार्टी, लोकतन्त्र, राष्ट्र एवम सिँगै राजनीतिक अग्रगमनका लागि जरुरी भएको उनिहरुको अपिलमा उल्लेख छ । 

देशमा भर्खरै जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेसको विगतको निर्णायक भूमिका, नीतिगत र वैचारीक स्पष्टतामा समेत उनको  भूमिका प्रभावकारी वन्ने कुरामा समेत हामी स्पष्ट छौ । विगतमा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखको हैसीयतले संगठन भित्र जुन गतिशिलता प्रदान गरेको  उल्लेख गर्दै आगामी दिनमा उनले  सभापति बनेर सिंगो पार्टीलाई चलायमान र सृदृढ बनाउने कुरामा हामी विश्वस्त छौ । 

सुदृढ संगठन, नीतिगत र वैचारिक प्रखरता, राजनीतिमा असल संस्कृतिको पुनर्जागरण र भागवण्डाको राजनीतिलाई अन्त गर्दै  पार्टीको संस्थागत विकास एवम पार्टीमा हार्दिक एकताको वातावरण निर्माण गर्न रामचन्द्र पौडेलको विजयलाई अनिवार्य ठान्दै सोही मुताविक मतदान गर्न सवै महाधिवेशन प्रतिनिधि साथीहरुमा हार्दिक अपिल गरिएको छ । यसरी अपिल जारी  गर्ने सभापतिहरुमा
१. श्री संजय गौतम                वर्दिया
२. हिमालय कर्माचार्य             इलाम 
३. किरण कोइराला                 बाँके
४.भेषबहादुर पौडेल                 लम्जुङ
५. जित नारायण श्रेष्ठ             चितवन 
६. नरेशकुमार श्रेष्ठ                 खोटाङ
७ . खड्गबहादुर शाही             मुगु
८ लिला बोखिम                 ताप्लेजुङ
्९. गणेश चन्द                 सल्यान
१०. प्रेमप्रकाश वली                 रुकुम
११. उज्वलप्रसाद वराल             सिंधुली
१२. अमरप्रसाद भण्डारी             प्युठान
१३ बैकुण्८ न्यौपाने                 तनहुँ
१४ दिप बहादुर शाही             जुम्ला
१५ राविजव कोइराला             सुनसरी
१६ रमेश धमला                 धादिङ
१७. नरेन्द्रसिंह थापा                 बैतडी
१८. कमलराज रेग्मी             सुर्खेत
१९ गोविन्दप्रसाद ढुंगाना             तेह्रथुम
२० कृष्णबहादुर विसी             दैलेख
२१ नरेन्द्र केरुङ             पाँचथर
२२. विदुर बस्नेत            उदयपुर
२३. दिपकजंग साह            जाजरकोट
२४. विनोद बस्नेत            सोलुखुम्बु
२५ मधुप्रसाद आचार्य        काभ्रेपलाञ्चोक
२६. कृष्णबहादुर केसी        कास्की
२७ सुरेन्द्र्रराज आचार्य        कपिलबस्तु
२८. अमरर्सिंह पुन            रोल्पा
२९ नन्दमणि राई            भोजपुर
३० तारामान गुरुङ             संखुवासभा
३१. कृष्ण (सबुज)बानियाँ         काठमाडौं
३२. विष्णुप्रसाद खनाल (मुस्कान)    अर्घाखाँची
३३. भूवनप्रसाद श्रेष्ठ         गुल्मी
३४ विरबहादुर राना             पाल्पा
३५. याङ्जिङ विष्ट             मुस्ताङ
३६ ललितसिंह बोहोरा        दार्चुला
३७. गम्भीर खर्बुजा            म्याग्दी
३८. सितादेवी यादव            सिरहा
३९ विष्णुप्रसाद लामिछाने        नवलपरासी
४० हर्सबहादुर बम            कालिकोट
४१. ट्रकप्रसाद उपाध्याय        डोल्पा

 

]]>