देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस महामन्त्री र कोषाध्यक्षको मतगणना सुरु

देशान्तर

काठमाडौंं । नेपाली कांग्रेसको महामन्त्री र कोषाध्यक्षको मतगणना सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा  मतगणना सुरु भएको हो ।

तीन स्थानमा मतगणना सुरू भएको निर्वाचन समितिका सदस्य कृष्ण गोपाल घिमिरेले जानकारी दिए । महामन्त्रीमा अर्जुननसिंह केसी, शशांक कोइराला र गगन थापाबीच प्रतिस्पर्धामा छन् ।

यस्तै कोषाध्यक्षमा सीतादेवी यादव, चित्रलेखा यादव र उमाकान्त चौधरी प्रतिस्पर्धामा रहेका छन् । 
यो समाचार तयार पार्दासम्म प्रारम्भिक परिणाम अनुसार महामन्त्रीमा शशांक कोइरलाले अग्रता लिएका छन् भने कोषाध्यक्षमा सीतादेवीले अग्रता लिएकी छन् । 

पछिल्लो परिणाम अनुसार १३ सय मत  गनिसक्दा

महामन्त्रीमा

शशांक ५६४, गगन २६९, केसी ४१८

कोषाध्यक्षमा
१२ सय मत गणना भईसक्दा
चित्रलेखा— ४००
सीतादेवी— ३६९
उमाकान्त— १४५
कृष्णकुमार— २७

]]>