देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय विदेश सचिवले आज उच्चस्तरीय भेटवार्ता गर्ने

देशान्तर

काठमाडौं । भारतीय विदेशसचिव एस जयशंकर सोमबार राति काठमाडौं आइपुगेका छन् । पोखरामा हुने सार्क विदेशमन्त्रीस्तरीय बैंठकमा भाग लिन आए पनि उनले आज शीर्ष राजनीतिक भेटवार्ता गर्ने गर्ने भएका छन् ।

विदेशसचिव जयशंकरले प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री कमल थापासँग भेट गर्नेछन् । कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसँग पनि उनले भेट्ने तयारी गरेका छन् । उनले मधेसी दलका नेतासँग गोशालास्थित होटल द्वारिकामा आज बिहाg भेट्ने कार्यक्रम छ ।

भारतीय राजदूत रन्जित रेले दूतावासमा दिने दिवा भोज दिने कार्यक्रम रहेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज भने गोरखपुरबाट सीधै पोखरा अवतरण गर्ने जनाइएको छ । उनले पोखरामै प्रधानमन्त्री केपी ओलीलाई भेट्ने तय भएको छ । 

]]>