देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेसको नवनिर्वाचित समितिको पदभार बुधबार

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको पदभार ग्रहण बुधबार हुने भएको छ । 

पार्टीको केन्द्रीय निर्वाचन समितिले साँझ ४ बजेका लागि पदभार ग्रहण कार्यक्रम तय गरेको पार्टी कार्यालयका सचिव प्रदीप पराजुलीले राससलाई जानकारी दिए ।  

नवनिर्वाचित सबै पदाधिकारी र सदस्यलाई समितिले विजयी भएको प्रमाणपत्र दिएपछि सबैले औपचारिक रुपमा आआफ्नो पद सम्हाल्ने छन् । 

काँग्रेसमा नयाँ नेतृत्वका लागि यही फागुन २३ गते भएको निर्वाचनका सबै पदको मतगणना सोमबार साँझ मात्र सम्पन्न भएको थियो । काँग्रेसमा महाधिवेशन अन्तर्गत सभापति, महामन्त्री र कोषाध्यक्षसहित ६४ सदस्यका लागि निर्वाचन भएको थियो ।

]]>