देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फेरि आन्तरिक प्रतिस्पर्धा गर्दै देउवा र पौडेल

देशान्तर

काठमाडौं । पार्टी केन्द्रीय समिति बैठकले दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरेसँगै दुवै नेताले सक्रियता बढाएका छन्। १३ औं महाधिवेशनमार्फत सभापति निर्वाचित भएका देउवाले सांसदसँग भेटघाट तीव्र बनाएका छन् भने निकट नेतालाई त्यसको तयारी थाल्न आग्रह गरिसकेका छन्।

सकेसम्म सहमतिबाट संसदीय दलको नेता बन्ने र त्यस्तो सम्भव नभए पनि अधिकतम सांसदलाई पक्षमा पार्न देउवानिकट नेता सक्रिय छन्। तत्कालीन सभापति सुशील कोइरालासँग २०७० माघ १२ गते भएको संसदीय दलको निर्वाचनमा देउवा १६ मतले पछि परेका थिए। 

पौडेल पक्षीय नेता पनि संसदीय दलको नेता आफ्नो पक्षमा पार्न सक्रिय भएका छन्। पछिल्ला दिनमा सांसदको जोडघटाउमा जुटेका केही नेताले १३औं महाधिवेशनमा देउवाको पक्षमा खुलेका सांसदले अघिल्लो दलको निर्वाचनमा पनि देउवालाई मतदान गरेको दाबी गर्दै आएका छन्। पौडेल दलको नेताका लागि तयार भए निर्वाचन परिणाम पक्षमा पार्न सहज हुने भन्दै उनीहरूले पौडेललाई उम्मेदवार बन्न आग्रह गरेका छन्।

उनले आइतबार मात्र सिंह, महत, मीनेन्द्र रिजाल, आनन्दप्रसाद ढुंगाना, दिलबहादुर घर्तीसहित निकटसँग दलको नेतामा कसरी अघि बढ्नेमा छलफल गरेका थिए।  छलफलमा सहभागि केन्द्रीय सदस्य ढुंगानाले दलको नेताको निर्वाचन मिति नै टुंगो लाग्न बाँकी रहेको भन्दै त्यस विषयमा छलफल नभएको दाबी गरे। यसैबीच रमेश रिजाल नेतृत्वको निर्वाचन समितिको चैत १३ गते बस्ने बैठकले दलको नेता चयकना लागि निर्वाचनको कार्यतालीका सार्वजनीक गर्ने छ।

]]>