देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजधानीमा जुवाका अखडा बढ्दै

देशान्तर

काठमाडौं । क्यासिनो शैलीमा लामो समयदेखि जुवा खेलाइने नयाँबजारस्थित एक अखडामा प्रहरीले छापा मारी दुई महिलासहित १८ जनालाई पक्राउ गरेको छ। जुवाखालबाट सात लाख ४८ हजार आठ सय रुपैयाँसमेत बरामद भएको छ। राजन महर्जनको घरमा राजन शाक्यले फ्ल्याट भाडामा लिएर कौडा खेलाउँदै आएका थिए। महानगरीय प्रहरी वृत्त लैनचौरले सुराकीको आधारमा मंगलबार बेलुका छापा हानी १८ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये दुईजना महिला रहेको लैनचौर वृत्तका डिएसपी सीताराम रिजालले बताए। पक्राउ पर्ने युवतीमा सविना श्रेष्ठ र संगिता महर्जन छन् । उनीहरू जुवामा पैसा लगानी गर्ने र च्याँखे राख्नेहरू भएको डिएसपी रिजालले बताए।

पक्राउ पर्ने अन्यमा दिपेश खड्गी, लोरबहादुर गुरुङ, हेमबहादुर भट्ट, धर्मराज राई, जीवन तामाङ, नवीन अधिकारी, पारसराज मगर, प्रेमबहादुर स्थापित, जीवन त्रिपाठी, कविर केसी, देव गुरुङ, गोविन्द महर्जन र कुमार लामिछाने छन्।  जुवा खालबाट प्रहरीले ठूलो मात्रामा पैसा त बरामद गर्‍यो, त्यसका साथै चेकहरूसमेत बरामद गरेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>