देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेलायतबाट सर्वम्मत महाधिवेसन प्रतिनिधी

देशान्तर

लण्डन । नेपाली कांग्रेसनिकट जनसम्पर्क समिति बेलायतका तर्फबाट कांग्रेसको आसन्न महाधिवेनमा सहभागी हुने ७ जना प्रतिनिधी सर्वसम्मतिबाट चयन भएका छन ।

आइतबार लण्डनको नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्टमा सम्पन्न समितिको विशेष अधिवेसनले प्रतिनिधी चयनको विषय टुंग्याएको हो ।

अधिवेसनले विज्ञान प्रसाई, विकास देवकोटा, महेश दाहाल, कुमारी गुरुंग, शिव भण्डारी, किरण राई र युवराज सिंहलाई महाधिवेसनका लागि प्रतिनिधी चयन गरेको छ । यसअघि प्रतिनिधी चयनका लागि डा सम्पुर्णानन्द ढुंगानाको संयोजकत्वमा केशव भण्डारी र वेद पराजुली सम्मिलित एक निर्वाचन समिति गठन गरिएको थियो ।

विभिन्न गुटमा विभाजित बेलायत कांग्रेसका सबै पक्षलाई समेटेर एकता अधिवेसन गराउन केन्द्रबाट निर्देशन पाएका विज्ञान प्रसाईको संयोजकत्वमा अधिवेसन सम्पन्न भएको हो ।

प्रसाईलाई संयोजक बनाउने केन्द्रकै निर्णयप्रति असहमति राख्दै आएका जनसम्पर्क समिति बेलायतका संस्थापन पक्ष मानिने समूहका अध्यक्ष लोक गुरुंग यो अधिवेसनमा सहभागी भएनन । तर उनकै नेतृत्वका कार्यसमितिका अधिकांश जिम्मेवार पदाधिकारी भने अधिवेसनमा सहभागी भएको संयोजक प्रसाईले जानकारी दिए ।

लोक गुरुंग समुहबाट पनि उपाध्यक्षहरु कुमारी गुरुंग, शान्ताविनोद लामिछाने र राज पाठक, महामन्त्री विश्व घिमिरे तथा सल्लाहकारहरु महेश दाहाल, चिरञ्जिवी ढकालसहित ठूलो हिस्साको सहभागिता रहेका कारण यो अधिवेसनमा बेलायत कांग्रेसका सबै पक्ष समेटिएको प्रसाईले दाबी गरेका छन ।

त्यस्तै अहिले क्रियाशिल रहेका बेलायतस्थित विभिन्न ५ क्षेत्रीय समितिमध्ये ४ वटा समितिका सभापति समेत सहभागी भएकाले एकता अधिवेसन सफल भएको उनको विश्वास छ ।

यसअघि अधिवेसन सुरु हुनुअघि अधिवेसनस्थलमै पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको तेहैं दिनको तिथी पारेर एक श्रद्धाञ्जली कार्यक्रम समेत गरिएको थियो ।

त्यसक्रममा बेलायत कांग्रेसमा आबद्ध सहभागीहरुले स्वर्गीय कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली राजनीति र प्रजातन्त्रका निम्ति उनले पुरयाएको विशिष्ट योगदानको स्मरण गरे ।

]]>