देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मानव तस्करीको नयाँ रुटः पर्यटक भिसामा श्रीलंका हुँदै खाडी

देशान्तर

काठमाडौं । भारतको दिल्ली हुँदै खाडी र अफ्रिकी मुलुक जान कठिन हुन थालेपछि मानव तस्करीमा सक्रिय समूहले पछिल्लो समय श्रींलकालाई नयाँ रुट बनाएको छ ।

मानव तस्करीमा सक्रिय समूहले नेपाली महिलालाई स्थलमार्गबाट दिल्ली पुर्‍याएर प्रतिबन्धित मुलुकमा पठाउने क्रम बढेयता नेपाल–भारतबीच नो अब्जेक्सन लेटर अनिवार्य गरेपछि उनीहरुले नयाँ रुटका रुपमा श्रींलकालाई प्रयोग गर्न थालेका छन् । दुई वर्षअघि नेपालमा भएको नेपाल भारत गृहमन्त्रालयका अधिकारीबीच स्थलमार्ग प्रयोग गरी दिल्ली विमानस्थलबाट हवाई मार्गबाट नौ मुलुक जाने नेपालीका लागि दिल्लीमा रहेको नेपाली दूतावासको नो अब्जेक्सन पत्र अनिवार्य गर्ने सहमति भएको थियो ।

सहमतिमा भारतीय प्रशासनले दिल्ली हुँदै साउदी अरेबिया, बहराइन, कतार, इराक, कुवेत, ओमान, लेबनन, लिबिया र युएई जान चाहने नेपालीलाई नेपाली दूतावासको पत्र अनिवार्य गरेपछि मानव तस्करीमा संलग्न समूहले रुट बदलेर स्थलमार्गबाट दिल्ली पुर्‍याएर त्यहाँबाट श्रींलका हुँदै खाडी र अफ्रिकी मुलुक पठाउने गरेका हुन् । नागरिक दैनिकमा समाचार छ । 

]]>