देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि लैजानुपर्छः पूर्व अर्थमन्त्री महत

देशान्तर

काठमाडौँ। पूर्व अर्थमन्त्री डा रामशरण महतले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि लैजानुपर्ने बताएका छन् । 

म्यानेजमेन्ट स्टुडेन्ट एसोसियसन अफ नेपालले आज यहाँ आयोजना गरेको ‘सङ्घीय व्यवस्थामा अर्थतन्त्र’ विषयक विचारगोष्ठीमा उनले देशमा संविधान निर्माण भएकाले अब अर्थतन्त्रको बाटोमा अगाडि लैजानु आवश्यक रहेको बताए । 

नेपाली काँग्रेसका नेता समेत रहेका डा महतले विश्वको सर्वोकृष्ट संविधान नेपालको भएकाले अब यसलाई कार्यान्वयन गर्नका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिए । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले परम्परागत साँेचबाट पछाडि हटेर देशलाई विकासको बाटोमा अगाडि लैजानु अहिलेको आवश्यकता रहेको बताए । 

उनले विश्वमा प्रविधिको विकाससँगै नयाँ÷नयाँ कुराको विकास भएको भन्दै अहिलेको पुस्तालाई सम्बोधन गर्ने नेतृत्व मुलुकका लागि आवश्यक रहेको औँल्याए । 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु प्राडा गोविन्दराज पोखरेल, डा जगदीशचन्द्र पोखरेल, शङ्कर शर्मालगायतले सङ्घीय प्रदेशमा आर्थिक कुरालाई जोड दिनसके मात्र देशले विकासको गतिमा फड्को मार्ने भन्दै आर्थिक विकासको लागि पर्यटन, उद्योगलगायतमा क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । 

]]>