देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेगा बैंकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने

देशान्तर

काठमाडौं । मेगा बैैंकले आफ्ना शेयरधनीहरुलाई  १० प्रतिशत बोनश शेयर दिने प्रस्ताव भएको छ । बैंकको सम्पन्न ५ औँ वार्षिक सधारासभाले बोनस शेयर वापत लाग्ने कर प्रयोजनको लागि  ०.५३ प्रतिशत नगद लाभांश दिने निर्णयसमेत गरेको छ ।

आइतवार सम्पन्न साधारणसभाले नयाँ सञ्चालकहरुको चयन गरेको छ । संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ६ जनालाई सञ्चालक समितिमा निर्वाचित गरेको हो । सञ्चालक समितिमा संस्थापकहरुमा भोजबहादुर शाह, गोपाल खनाल, मदनकुमार आचार्य, शम्भुविक्रम थापा, इन्द्रबहादुर मल्ल ठकुरी र ईश्वरबहादुर गुरुङ्ग रहेका छन् भने यसअघि नै चेतनारायण पाण्डे र दिपेन्द्र अग्रवाल सर्वसाधारण समूहबाट निर्वाचित भएका थिए । 

साधारण सभाले बैंकको अधिकृत पुँजी ४ अर्ब रुपैयाँबाट वृद्धि गरी १० अर्ब रुपैयाँ पु¥याउन, जारी पुँजी २ अर्ब ६० करोड ९६ लाख रुपैयाँबाट वृद्धि गरी ४ अर्ब ५ करोड ७ लाख १८ हजार ९ सय ३२ रुपैयाँ र चुक्ता पुँजी २ अर्ब ६० करोड ९६ लाख रुपैयाँबाट बढाएर ४ अर्ब ५ करोड ७ लाख १८ हजार ९ सय ३२ रुपैयाँ पु¥याउने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ । 

यसैगरी साधारणसभाले पश्चिमाञ्चल डेभलप्मेन्ट बैंकसँगको मर्जरलाई पनि अनुमति दिएको छ । मेगा बैंकले पश्चिमाञ्चल डेभलप्मेन्ट बैंकसँग मर्जरपछि हुन आउने बैंकको चुक्ता पुँजीको २५ प्रतिशत अर्थात् ४ः१ को अनुपातमा हदप्रद शेयर निष्काशन गर्ने भएको छ । मेगा बैंक र पश्चिमाञ्चल डेभलप्मेन्ट बैंकको शेयर आदान प्रदानको अनुपात १०४.२५ ः ६७ कायम हुने भएको बैंकले जनाएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहका अनुसार  गत आर्थिक वर्षमा बैंकले ३४ करोड ६२ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको जानकारी समेत दिनुभयो । चालू आर्थिक वर्ष २०७२÷७३ को पहिलो त्रैमासिक अवधिमा बैंकको कूल निक्षेप १ अर्ब ४३ करोड रुपैयाँले वृद्धि भई २२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ भने कर्जा ९० करोड रुपैयाँले वृद्धि भई १८ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । सो त्रैमासिक अवधिमा बैंकले ८ करोड ४३ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको छ । 

 

]]>