देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रिजिड नबन्न राजेन्द्र महतोलाई भारतीय गृहमन्त्रीको सुझाव

देशान्तर

काठमाडौं । भारतीय गृहमन्त्री राजनाथ सिंहले सद्भावना नेता राजेन्द्र महतोलाई अहिले संशोधन प्रक्रियामा रहेको प्रस्ताव स्वीकार्दै थप सहमति र समझदारीका निम्ति अघि बढ्न सुझाएका छन् । ‘सीमांकन मामिलामा पनि तत्काल ‘रिजिड’ नबन्नुहोस्, केही महिनाभित्रमा यो समस्या सुल्झाउने गरी सहमति खोज्नुहोस्,’ गृहमन्त्री सिंहको भनाइ उद्धृत गर्दै महतोले भने ।

संविधान संशोधन प्रस्ताव मधेसी मोर्चाको सहमतिमा नआएको भन्दै आफूले ‘अझै पनि यो संशोधन पारित गर्नमा तीन प्रमुख राजनीतिक दलले आनाकानी गरिरहेको’ बताएको उनले उल्लेख गरेको आजको कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ ।

‘मैले विगतका आयोग र संवैधानिक समितिको सिफारिसअनुसार मधेसमा कम्तीमा २ प्रदेशको प्रतिबद्धता जनाएको अवस्थामा सीमांकनमा सहमतिमा आउन सकिने बताएँ,’ महतोले भने ।

गृहमन्त्री सिंहले नेता महतोलाई भेट्नुअघि नेपालका लागि भारतीय राजदूत रणजित रायसँग पनि भेटवार्ता गरेका थिए ।

‘राजनीतिक दलहरूलाई आवश्यक सहमति र समझदारीका लागि सकेसम्म सकारात्मक भूमिका खेल्न गृहमन्त्री सिंहले राजदूत रायमार्फत दिल्लीको सन्देश पठाउनुभएको छ,’ गृहमन्त्री–राजदूत भेटबारे एक अधिकारीले भने, ‘नियमित आपूर्ति तथा ढुवानीका कारण नेपाली जनताले बेहोरेको कठिनाइ सम्बोधन गर्न पनि तत्काल सहमति र समझदारी जरुरी रहेको भन्दै गृहमन्त्रीले सन्देश पठाउनुभएको छ ।’

नेता महतोले यसअघि कंग्रेस नेताहरू डा. करण सिंह, कपिल सिब्बल र सलमान खुर्सिदसँग पनि भेटवार्ता गरेका थिए ।

अघिल्लो महिना भारतीय संसद्मा जुटेको सहमतिअनुसार नेपाल मामिलामा वस्तुगत जानकारी लिन सर्वदलीय डेलिगेसन काठमाडौं पठाउने भनिएकोमा भइरहेको ढिलाइबारे भारतीय कंग्रेसले सरकारलाई दबाब दिने भएको नेता खुर्सिदले जानकारी गराएका थिए ।

]]>