देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म्यानमारमा सरकार र विद्रोहीको शान्ति सम्मेलन सुरु

देशान्तर

नाइपित्व। म्यानमारमा सरकार र द्वन्द्वरत बिभिन्न समूहबीच शान्ति सम्मेलन सुरु भएको समाचार छ । 

म्यानमारमा विगत लामो समयदेखि जारी रहेको द्वन्द्व समाधानका लागि सरकार र ती दल एवम् समूहबीच शान्ति वार्ता सुरु भएको छ । 
सरकारले त्यहाँ द्धन्द्व जारी राखेका विभिन्न आठवटा सशस्त्र विद्रोहीसँग केही महिनाअघि देखि वार्ता थालेको हो । 

मङ्गलबार म्यानमारको राजधानी नाइपित्वमा ती विद्रोही समूह र सरकारका प्रतिनिधिबीच शान्ति सम्मेलन सुरु भएको हो । 

आगामी शनिबारसम्म सञ्चालन हुने पाँच दिने सो सम्मेलनको उद्घाटन मङगलबार बिहान म्यानमारका राष्ट्रपति उ थाँ सेनले गरे । 
उनले सो सम्मेलनको उद्घाटन गर्दै म्यानमारमा गएको करिब छ दशकपछि भएको पहिलो सबैभन्दा ठूलो राजनीतिक सम्मेलन भएको बताए ।
 
उनले भने,‘१९४८ मा म्यानमार स्वतन्त्र भएपछि पहिलो पटक यतिठूलो सङ्ख्या र बलमा राजनीतिक सम्मेलन सुरु भएको छ । ’

राष्ट्रपति सेनले आफू म्यानमारको राष्ट्रपति भएदेखि नै ती सशस्त्र विद्रोहीहरुलाई शान्ति प्रक्रियामा ल्याउने कैयौं प्रयास गरेका थिए ।
 
त्यसै प्रयास अनुसार उनको कार्यकालको उत्तराद्र्धमा यो शान्ति प्रक्रियाको थालनी गरिएको पनि उनले जानकारी दिएका छन् । 
सो सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति सेनले म्यानमारमा शान्ति स्थापनाको भरपर्दो स्थिति आएको भन्दै यो अवसर अब चुकाउन नहुने धारणा पनि राखे ।
 
उनले यो शान्ति प्रक्रिया भनेको आगामी नोभेम्बरमा गर्न लागिएको वर्तमान सरकारको शक्ति हस्तान्तरण पनि एक भएको बताए ।

सरकार र विद्रोही पक्षबीच हुन लागेको यस सम्मेलन शान्ति प्रक्रियाका विषयमा केन्द्रित हुने छ । 

]]>