देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्याङ्जामा सुन्तला बिक्रीबाट २६ करोड आम्दानी

देशान्तर

वालिङ । स्वादिलो र मीठो सुन्तला उत्पादन गर्ने जिल्ला भनेर चिनिने स्याङ्जामा यस वर्ष रु २६ करोड बढीको सुन्तला बिक्री भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत तिलक बिसीका अनुसार कुल रु १० हजार २०० मेट्रिक टन सुन्तला बिक्रीबाट रु २६ करोड १५ लाख ९९ हजार ४०० आम्दानी भएको हो । 

कृषी विकास कार्यलयका अनुसार जिल्लामा एक हजार २५० हेक्टर क्षेत्रफलबाट यस आर्थिक वर्षमा १० हजार २०० सुन्तला उत्पादन भएको छ र उत्पादन भएकोमध्ये एक हजार २२४ मेट्रिक टन सुन्तला जिल्लाभित्र नै खपत भएको छ भने बाँकी आठ हजार ४६६ मेट्रिक टन सुन्तला जिल्लाबाहिरका सहरमा खपत भएको छ । 

 

पुतलीबजार नगरपालिका–१२ र १३ वडा तथा ठूलाडिही, पौवैगौडे, खिलुङ–देउराली, अर्जुनचौपारी, एलादी, पेलाकोट, दहथुम, बिरुवा र मनकामनाका विभिन्न क्षेत्रलाई सुन्तलाका मुख्य क्षेत्र घोषणा गरिएको छ । त्यस क्षेत्रबाट अत्यधिक मात्रामा सुन्तला उत्पादन हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । 

]]>