देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मापदण्डबिनै विशिष्टलाई तीन अर्ब

देशान्तर

काठमाडौं । मुलुकका प्रमुख पाँच पदको जिम्मेवारीमा रहेका बहालवाला र भूतपूर्वसहित ३२ जना विशिष्ट व्यक्तिका लागि मापदण्डबिनै वार्षिक ३ अर्ब बराबर रकम राज्य कोषबाट खर्च हुने गरेको छ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको जिम्मेवारीमा रहेका बहालवाला र भूतपूर्व २७ जनासहित ३२ बिशिष्टका लागि राज्यकोषबाट उक्त रकम खर्च हुँदै आएको हो।  विशिष्टका नाममा मनलाग्दी खर्च गरेको पाइएपछि बेरुजु फस्र्योट समितिले उक्त विषयमा चासो व्यक्त गरेको संयोजक रामहरि खतिवडाले बताए।

‘बहालबाला र भूतपूर्वसहित ३२ जना ‘बिग फाइभ’लाई सुविधाका नाममा कुनै मापदण्ड नबनाई वार्षिक ३ अर्ब बराबर रकम खर्च हुने गरेको देखियो, खतिवडाले भने, ‘उक्त रकमलाई महालेखाले बेरुजुमा देखाएको रहेछ, जुन विवरण अहिले समितिसमक्ष आइपुगेको छ।’ नागरिक दैनिकमा समाचार छ।

]]>