देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुर्किनाफासोको होटलमा अल कायदाको आक्रमण, २० को मृत्यु

देशान्तर

औगादुगु। बुर्किनाफासोमा अल कायदाका लडाकूहरुले शनिबार बिहानैदेखि एक होटललाई घेरामा हाली त्यहाँ रहेका व्यक्तिको हत्या प्रयास गरेका छन् । 

यस आक्रणमा परी कम्तीमा पनि २० जनाको ज्यान गइसकेको समाचारमा जनाइएको छ । त्यसमा परी अरु ३३ जना घाइते भएका छन् । 

घाइतेमध्ये अधिकांशलाई गोली लागेको जनाइएको छ । सेना र प्रहरीले गरेको कैयौँ घन्टाको प्रयासपछि होटलभित्र रहेका ६३ जनालाई मुक्त गराएको छ । 

ती सबैलाई अल कायदाका लडाकूहरुले कब्जामा लिएर आक्रमण थालेका थिए । तर तत्कालै त्यहाँ पुगेको सेनाको प्रयासका कारण धेरैको ज्यान जोगिएको बताइएको छ । 

बुर्किनाफासोको राजधानीमा रहेको स्पेन्डिड् होटललाई अल कायदाका लडाकूहरुले कब्जामा लिएर हमला थालेका थिए । त्यसमा परी २० जनाको ज्यान गएको छ । 

सो होटलमा संयुक्त राष्ट्रसंघका कर्मचारी रहेको अनुमानको आधारमा यस्तो हमला भएको प्रहरीले अनुमान गरेको छ । 

बुर्किनाफासोका गृहमन्त्री सिमोन कम्पेररले त्यहाँ अहिलेसम्ममा २० जनाको शव भेटिएको र अझै मारिनेको सङ्ख्या धेरै पनि पुग्नसक्ने अनुमान गरिएको बताए । 

सो होटलमा १४७ वटा कोठा रहेका छन् । तर ती कोठामा कतिजना पाहुना थिए र के कतिजना आक्रमणकारी रहेका छन् भन्ने बारेमा पनि केही भन्न नसकिएको पनि जानकारी उनले दिए । 

मारिने व्यक्ति सोही होटलका पाहुना भएको अनुमान गरिएको भएपनि उनीहरको पहिचान हुन सकिरहेको छैन । 

होटलको परिसरमा रहेका दशभन्दा बढी सवारी साधनमा आगो लगाइएको छ । होटलका विभिन्न कोठामा आगो लागेका कारण धुवाँ उडेको देखिएको छ । 

त्यसैगरी भित्र थुनिएर रहेका कैयौँ व्यक्तिले रोइ कराई गरिरहेको पनि सुनिएको समाचारमा उल्लेख गरिएको छ । 

बुर्किनाफासोको सेनाले आतङ्ककारीविरुद्धको कारबाही थालिएको र अहिलेसम्म पूरा नभएकोले पूर्ण विवरण आइनसकेको जनाएको छ । 

उसले आक्रमण अल कायदाले नै गरेको खुलेको जानकारी पनि दिएको छ । तर यस विषयमा सो संगठनले भने केही बताएको छैन । 

]]>