देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कार्यकर्तालाई केन्द्रमा राख्ने नेतृत्व आवश्यक : केसी

देशान्तर

रुपन्देही । नेपाली काँग्रेस महाधिबेशनको तयारीमा छ र यसका नेताहरु महाधिबेशन केन्द्रीत अभियान अन्तर्गत देश दौडाहामा छन् ।तर कार्यकर्ताहरु भने महाधिबेशनको र चुनावको वेलामा मात्र कार्यकर्ता सम्झने प्रबृत्ती प्रति सन्तुष्ट छैनन् ।सदैव कार्यकर्ताहरुको दुःखसुखमा साथ रहने कार्यकर्तामुखी नेतृत्वको अपेक्षा कार्यकर्ताहरुले गरिरहेका छन् ।

दाङ जानेक्रममा रुपन्देहीको सैनामैनामा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसँग पनि त्यहाँका कार्यकर्ताहरुले यस्तै गुनासो पोखे । पछिल्लो समय मधेश आन्दोलनका सन्दर्भमा पार्टीले अपेक्षित पहल लिन नसकेको,पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर वन्दै गएको,पार्टीमा योगदान गर्ने भन्दा चाकडी गर्नेहरुले प्रश्रय पाउँदै गएको जस्ता गुनासो उनीहरुको थियो ।

त्यसक्रममा सैनामैनाका काँग्रेस अगुवाहरु लक्ष्मण ज्ञवाली,कृष्ण पंगेनी,गोविन्द लम्साल लगायतले पार्टी भित्र गुटउपगुट वढ्दै जाँदा त्यसवाट स्थानीय स्तरका कार्यकर्तामा नैराश्यता छाएको वताउँदै समग्र एकताका पक्षमा दृढ भएर उभिन नेता केसीलाई सुझाएका थिए ।जसले पार्टीको समग्र एकताका पक्षमा र आन्तरिक लोकतन्त्र सुदृढ गर्ने पक्षमा आफूलाई उभ्याउँछ उसैले महाधिबेशनमा कार्यकर्ताको साथ पाउने समेत उनीहरुको भनाई थियो ।

त्यसक्रममा काँग्रेस केन्द्रीय सदस्य केसीले आफू निरन्तर पार्टी भित्रको आन्तरिक लोकतन्त्र सुदृढ वनाउन क्रियाशिल रहेको वताउँदै १३ औं महाधिबेशनवाट आउने नेतृत्व कार्यकर्ता र नीतिमुखी हुनेमा कार्यकर्तालाई आश्वस्त तुल्याए । नेताको वरिपरी घुम्नेहरुमात्र नेतृत्वमा स्थापित हुने परम्पराको अन्त्यका लागि आफू निरन्तर संघर्षरत रहेको समेत नेता केसीको भनाई थियो ।

त्यसक्रममा पार्टीमा संस्थागत निर्णय प्रकृयाका् अभाव रहँदा कतिपय राष्टिय मुद्दाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकिएको वताउँदै नेता केसीले विषम परिस्थितीका वीचमा पनि तराई मधेसका काँग्रेस कार्यकर्ताहरुले पार्टीको साख वचाउन खेलेको भूमिकाले पार्टीलाई जोगाईराखेको स्पष्ट पारे ।आगामी महाधिबेशन आन्तरिक लोकतन्त्र सुदृढ गर्ने अभियानमा महत्वपूर्ण सावित हुने वताउँदै नेता केसीले नेतृत्वको कमजोरी औल्याएर पार्टीलाई सहीरुपवाट अघि बढाउन कार्यकर्ताहरुको निरन्तरको खवरदारी समेत आवश्यक भएको वताए ।

 

]]>