देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभापतिमा फेरि कोइराला हुनुपर्छः डा रिजाल

देशान्तर

चितवन। नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले ऐतिहासिक महत्वका काम सम्पन्न गर्न सकेकाले आसन्न काँग्रेसको महाधिवेशनले सभापतिमा पुनः सुशील कोइरालालाई निवार्चित गराउने बताएका छन् ।  

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ६६ वर्षअघि बिपी कोइरालाले गरेको जनताको प्रतिनिधिमार्फत संविधान बनाउने सङ्कल्प सुशील कोइरालाले पूरा गरेको बताए । 

कतिपय काम सम्पन्न नभएका होलान् काँग्रेसलाई पहिलो ठूलो पार्टी बनाउन कोइराला सफल भएको उनकै शालीनताकै कारण दोस्रो संविधानसभाले संविधान बनाउन सकेको डा रिजालले बताए । 

उनले अहिले सरकार परिवर्तन गर्ने समय नभएको बताउँदै प्रमुख विपक्षी दलको हिसाबले काँग्रेसले सरकारलाई सुझाव र सहयोग गर्ने स्पष्ट पारे । 
मधेस र मधेस आन्दोलनका विषयमा हेर्ने दृष्टिकोण एमालेसँग नमिलेकै कारण सरकारमा काँग्रेस नगएको भन्दै उनले विषयवस्तुलाई गम्भीर रुपमा लिन प्रधानमन्त्रीलाई आग्रह गरे । 

यथाशक्य छिटो नाका खुलाउने विषयमा सरकार लाग्नुपर्ने बताउँदै डा रिजालले अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा दलहरु नभएर सरकार नै बोल्नुपर्ने बताए ।

]]>