देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तरार्इमा घरदैलो अभियानमा कृषि मन्त्रालय

देशान्तर

काठमाडौं । कृषि विकास मन्त्रालयले अन्नको भण्डार मानिने तराई भेगका कृषकका गुनासा सुन्न घरदैलो अभियान सुरु गर्ने भएको छ । नाकाबन्दीका कारण थलिएका कृषकको वास्तविक अवस्था बुझ्न कृषिमन्त्री हरिबोल गजुरेलसँगै मन्त्रालयका उच्चपदस्थ अधिकारीका चार टोली माघ लागेपछि तराई जाने तयारीमा छन् ।

मन्त्रालयको नीति तथा कार्यक्रम तय गर्न भूमिका खेल्ने पदाधिकारी सम्मिलित टोलीले नाकाबन्दीका कारण कृषकमा परेका असर, कृषि कार्यक्रम कार्यान्वयनको अवस्था, मातहत कर्मचारीका कमी कमजोरीलगायत विषयमा सूक्ष्म अध्ययन गर्ने मन्त्रालयले जनाएको छ ।

हालैको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार सुरु हुन लागेको यो अभियानअन्तर्गत तरार्इका १९ जिल्लाबाट गुनासा संकलन गरी आवश्यकता अनुसार नीति तथा कार्यक्रममै हेरफेर गरिने मन्त्रालयको दाबी छ । कारोबार दैनिकमा समाचार छ। 

]]>