देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिबन्धित उत्पादनको प्रचार सरकारी अस्पतालमा

देशान्तर

काठमाडौं । नियमअनुसार कुनै पनि स्वास्थ्य संस्थामा आमाको दूधलाई प्रतिस्थापनमा सहयोग पुग्ने गरी बोतलको दूध तथा खाने आहारको प्रचारप्रसार र बिक्री गर्न पाइँदैन। झन् सरकारी संस्थामा त त्यसको बन्देज नै लगाउनु पर्ने प्रावधान छ। आमाको दूधलाई प्रतिस्थापन गर्ने बस्तु सम्बन्धी ऐन २०४९ ले पनि यससम्बन्धी व्यवस्था गरेको छ।

सरकार आफैले पनि ठूलो धनराशि खर्चेर बच्चालाई कुपोषणबाट बचाउन आमाको दूधलाई निरुत्साहित गर्ने बस्तुको नियन्त्रणका लागि विभिन्न कार्यक्रम चदाएँदै आएको छ। तर लाखौ आमा र बच्चाले स्वास्थय सेवा लिने देशकै ठूलो सरकारी अस्पताल परोपकार तथा स्त्रीरोगले भने लामो समयदेखि परामर्शसहित बजारमा पाइने ‘मिठो सगुन’ नामक सर्वोत्तम पिठोबारे लेखिएको पर्चा वितरण गर्दै आएको छ।

अस्पतालको नयाँ भवनस्थित दोस्रो तलाको ओपीडी विभागमा छिर्ने ढोकामै बच्चाको उचाइ र तौल नाम्पने स्थानमा ‘मिठो सगुन’बारे लेखिएको पर्चा ‘मिठो सगुन औषधि पसलहरुमा पाइन्छ’ भन्ने छाप लगाउँदै उनीहरुले प्रत्येक बृद्धि अनुगमन कार्डभित्रै राखेर दिने गरिएको हो।  अन्नपूर्ण पोस्टमा समाचार छ।

]]>