देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस नेता जिल्ला जाने प्रतिस्पर्धामा

देशान्तर

काठमाडौं । पार्टीको महाधिवेशनको तयारीमा जुटेका कांग्रेस नेता जिल्ला जाने प्रतिस्पर्धामा रहेका छन् । शेरबहादुर देउवाले सुदूरपश्चिम भ्रमण गरेलगत्तै पार्टी सभापति सुशील कोइरालाले दुई साताको कार्यक्रमसहित पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुलाई पठाएका छन् । बडु एकसातादेखि कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बैतडीमा कार्यकर्ता भेटघाट कार्यक्रममा व्यस्त रहेका छन् ।

त्यस्तै पार्टीका उपसभापति रामचन्द्र पौडेल पुगेका स्थानमा सुशील कोइराला आफैं पुगेका छन् । पौडेल पुगिसकेका स्थानमा कोइराला १५ पुसमा पोखरा, १६ मा स्याङ्जा र १७ मा पर्वत पुगे । त्यस्तै महामन्त्री कृष्ण सिटौला पनि कार्यकर्ता भेटघाटमा सक्रिय भएर लागेका छन् ।

उनी एक्लै जिल्ला दौडाहामा निस्किएका छन् । त्यस्तै सुजाता कोइराला पनि दाङ, बाँके, बर्दिया, दैलेखलगायतका जिल्लाको भ्रमण गरिसकेकी छन् । शेखर कोइराला  सुदुरपश्चिमको भ्रमणमा रहेका छन् । नयाँ पत्रिकामा समाचार छ । 

]]>