देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालको आपत्तिपछि दसगजामा एसएसबीको चेकपोस्ट हटाइयो

देशान्तर

राजविराज । दसगजा क्षेत्रमा घरटहरा बनाउन नपाइने अन्तर्राष्ट्रिय नियमको बेवास्ता गर्दै भारतले सप्तरीमा पर्ने दसगजामै बनाएको सुरक्षा चेकपोस्ट नेपालको आपत्तिपछि हटाएको आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार प्रकाशित गरेको छ। बेल्ही गाविस-६ स्थित नेपाल-भारत सीमाको दसगजा क्षेत्रभित्र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले एक साताअघि टहरो खडा गरी सुरक्षा चेकपोस्ट बनाएको थियो।
 
सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहितको सुरक्षा टोलीले मंगलबार दसगजामै गएर आपत्ति जनाएपछि एसएसबीले चेकपोस्ट हटाएको हो। भारतीय सीमामा रहेको विद्यालयमा बस्दै आएको एसएसबीको चकपोस्टलाई विद्यालयले खाली गर्न लगाएपछि उनीहरूले दसगजामा चेकपोस्ट बनाएका थिए।
 
 सप्तरीका प्रमुख जिल्ला अधिकारी भट्ट नेतृत्वको सुरक्षा निकायको टोलीले मंगलबार स्थलगत निरीक्षण गरेको छ।टोलीले दसगजा मिचेर भारतले बनाएको चेकपोस्ट हटाउन भनेपछि एसएसबीका अधिकृत राजेन्द्र रायले गल्ती स्वीकार्दै दुई घन्टाभित्र चेकपोस्ट भत्काएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए।
 
रायले दसगजा क्षेत्रभित्र चेकपोस्ट बनाउन नहुने आफूलाई थाहा नभएको र भारततर्फको भूभाग फोहर भएकाले नेपालतर्फ बनाइएको बताए।सीमासम्बन्धी अन्तर्राष्ट्रिय नियम मिचेर दसगजा क्षेत्रभित्र कुनै हालतमा चेकपोस्ट बनाउन नपाइने नेपाली सुरक्षा टोलीले आधा घन्टासम्म अडान लिएपछि उनीहरू चेकपोस्ट हटाउन तयार भएको प्रहरी उपरीक्षक ढकालले बताए।
 
प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीमा प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, कृष्ण दल गणका प्रमुख सेनानी भुवनेश्वर आचार्य, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक दमन थापा तथा अनुसन्धान प्रमुख सुमन वैद्यलगायत सहभागी थिए।नेपाली टोलीले स्थलगत निरीक्षणका क्रममा स्थानीय बासिन्दासँग गाविस र सीमा नाकामा हुने समस्याबारे जानकारी लिएको थियो।
 
स्थानीय बासिन्दाले गाउँमा गाविस सचिव नबस्ने, कृषि, पशु केन्द्र तथा शिक्षा स्रोतकेन्द्र र विद्यालय नखुल्ने गरेको गुनासो गरेका थिए। गाउँलेले भारतबाट घरायसी सामान ल्याउँदा एसएसबीले रकम असुल्ने गरेको गुनासो पनि गरेका थिए।

 

]]>