देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इन्धन अभावका कारण उपत्यकाको सडक विस्तार अलपत्र

देशान्तर

काठमाडौँ। इन्धन अभावका कारण उपत्यकामा विस्तार भइरहेका पाँचवटा सडकको काम अलपत्र परेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । 

असोजदेखि सुरु भएको भारतको अघोषित नाकबन्दीले बजारमा डिजेल नपाइँदा सिनामङ्गल–बागबजार चार किमी, शोभा भगवती–डल्लु दुई किमी, जडिबुटी–पेप्सीकोला हुँदै मनोहरा पुल २÷२ किमी, त्रिभुवन विश्वविद्यालयको मुख्यद्वारदेखि नयाँबाटोसम्मको एक किमी र बुढानीलकण्ठदेखि विष्णुमतीसम्मको ८०० मिटर सडक विस्तारको काम सकी ग्राभेल ओच्छ्याएर पनि कालोपत्र गर्न नसकिएको आयोजनाले बताएको छ ।  

सडकको काम गर्नका लागि आयोजनालाई दैनिक १२ हजार लिटर डिजेल चाहिने, अहिले १० लिटर तेल लिनका लागि हप्तादिनसम्म लाममा बस्नुपर्ने भएकोले अलपत्र परेको  आयोजना  प्रमुख मनोज श्रेष्ठले बताए । उनले डिजेल पाएको भए यी पाँच सडकको कालोपत्र दसैँ अघि नै भइसक्ने बताए । 

ठेकेदारले आफैँ भारतबाट डिजेल ल्याएर कालोपत्र गर्न खोजेपनि सम्भव नभएको आयोजनाले जनाएको छ । यी सडक सम्पन्न गर्न तोकिएका म्याद पटकपटक थपेर काम अन्तिम चरणमा पु¥याउँदा पनि डिजेलको अभावका कारण अलपत्र भएको आयोजनाका इन्जिनीयर वीरेन्द्र यादवले जानकारी दिए  । 

]]>