देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय दुताबास अगाडि धर्नामा बसेका अधिकारकर्मी पक्राउ

देशान्तर

काठमाडौँ। नाकाबन्दी हटाउनुपर्ने माग राख्दै भारतीय राजदूतावासअगाडि धर्ना दिन पुगेका मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । 

मानवअधिकार तथा शान्ति समाज नेपालको आयोजनामा बिहान ११ बजेदेखि धर्नामा बसेका २६ जना मानवअधिकारकर्मीलाई पक्राउ गरिएको समाजका सभापति गङ्गाप्रसाद अधिकारीले बताएका छन् । 

पक्राउ पर्नेमा सभापति अधिकारीसहित संस्थापक सभापति कृष्ण पहाडी, अधिकारकर्मी रेणुका पौडेल, कृष्ण कँडेल, प्रताप पौडेल, उत्तम पुडासैनी, पुष्पा केसी, रत्नलक्ष्मी श्रेष्ठ, बटुकृष्ण ढुङ्गेल, रेणुका काउचा, जानुका पन्तलगायत छन् । 

समाजले विश्व मानवअधिकार दिवसका अवसरमा मङ्गलबारदेखि १० दिने विशेष कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । नाकाबन्दी मानवअधिकारमाथिको कुठाराघात हो भन्ने सन्देश सहित हस्ताक्षर सङ्कलन कार्यलाई तीव्रता दिइएको छ । 

]]>