देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैतडीको खोड्पेमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

देशान्तर

काठमाडौं  । ग्लोबल आइएमई बैंक र सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा ग्लोबल बैंकले ले बैतडी जिल्लाको सिद्घेश्वर गा.वि.स वडा नं ९, खोड्पे मा एक्सटेन्सन काउण्टर सेवा सुरु गरेको बताएको छ । 

एक विज्ञप्ती जारी गर्दै बैंकले गत शनिबार उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर महा प्रसाद अधिकारीले गरेको जानकारी दिएको छ ।

 यसअघि खोड्पेमा ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको बैंकले सेवाग्राहीको बढ्दो चाप र स्थानियबासिको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दे थप सुबिधा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टर सेवा बिस्तार जनाएको छ ।

सोही अवसरमा बैंकले बित्तिय साक्षरता जगाउने उद्धेश्यले रेमिट्यान्स, कर्जा लगानी तथा बचत सेवाको बारेमा कार्यक्रमको पनि आयोजना गरेको थियो । 
बैंकले ८८ शाखा, ५ एक्सटेन्सन काउण्टर, ९३ एटिएम, ४० शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दे आईरहेको छ ।

]]>