देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुकीलाई म्यानमारका पूर्व सैनिक शासकको साथ

देशान्तर

याङ्गोन। म्यानमारका पूर्व सैनिक शासक थाँ स्वेले म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ् सान सुकीलाई समर्थन गरेका छन् । 

एक समयका शक्तिशाली सैन्य शासक रहेका उनले पहिलो पटक नेत्री सुकीलाई ‘म्यानमारको भावी नेत्रीको’ को संज्ञा दिएका छन् । उने सार्वजानिक रुपमा पहिलोपटक सुकीलाई यस्तो सम्बोधन गरेका हुन् । 

सैनिक जर्नेलका रुपमा उनले म्यानमारमा शासन चलाएका थिए । सन् २०१० सम्म उनले करिब दुई दशक सैनिक शासकका रुपमा काम गरेका थिए । 

उनी र म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीबीच शुक्रबार भेटवार्ता भएको बताइएको छ । सो भेटपछि उनले नेत्री सुकीलाई म्यानमारको भावी नेत्रीका रुपमा चित्रण गरेको बताईएको छ ।  

म्यानमारमा आमनिर्वाचन भएको करिब एक महिनापछि पूर्व सैनिक शासकको यो प्रतिक्रया आएको छ । शनिबार मात्र पनि म्यानमारका राष्ट्रपति थाँ सेनले आफूले उपयुक्त समयमा नै शक्ति हतान्तरणसम्बन्धी वाचा गरेका थिए । 

राष्ट्रपति थाँले केही दिनअघिमात्र पनि म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ् सान सुकीसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तापछि राष्ट्रपति थाँले यो अभिव्यक्ति दिएका थिए । 

]]>