देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुनरावेदन अदालतका अतिरिक्त न्यायाधीश घर फर्कदै

देशान्तर

काठमाडौं । नयाँ संविधानको अस्पष्ट व्यवस्थाका कारण म्याद थप नभएर पुनरावेदन अदालतका २८ जना अतिरिक्त न्यायाधीश घर फर्कने भएका छन् । दुई वर्षअघि सार्वजनिक सूचना जारी गरी पुनरावेदनमा ३० अतिरिक्त न्यायाधीश नियुक्ति गरिएको थियो ।

तीमध्ये दुई जनाले उमेर हदका कारण अवकाश पाइसकेका छन् । एक वर्षका लागि नियुक्त अतिरिक्त न्यायाधीशको म्याद न्यायपरिषदले गत वर्ष जेठ २३ गते एक वर्षका लागि थप गर्ने निर्णय गरेको थियो । गत जेठ २६ गते ६ महिनाका लागि पुनः म्याद थपियो । उक्त म्याद मंसिर २६ मा समाप्त हुने भए पनि संविधानमा भएको अस्पष्ट व्यवस्था र परिषदले ठोस निर्णय लिन नसक्दा उनीहरू अनिवार्य अवकाशमा जाने भएका हुन् ।

नयाँ संविधानको धारा ३०० को ५ उपधारा ३ मा उच्च अदालत स्थापना भएपछि न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधीशले यो संविधान प्रारम्भ हुँदाका बखत बहाल रहेका पुनरावेदन अदालतका मुख्य न्यायाधीश र न्यायाधीशलाई उच्च अदालतको मुख्य न्यायाधीश र न्यायाधीशमा पदस्थापन गर्ने उल्लेख छ । नागरिक दैनिकमा समाचार छ ।

 

]]>